बेलायत । वार्षीक ३५ हजार पाउण्ड भन्दा कम कमाउने विदेशी बेलायत बस्न नपाउने भएका छन् ।
यसै महिना देखि कार्यान्वयनमा आउन लागेको नयाँ नियम अनुसार ३५ हजार पाउण्ड वार्षीक नकमाउने गैर युरोपेली कामदार ५ वर्ष भन्दाबढी बेलायत बस्न नपाउने भएका हुन् ।
नयाँ कानुनले गैर युरोपेलीमात्र होइन, बेलायती नागरिक समेत प्रभावित हुने छन् । दि इन्डिपेन्डेन्ट पत्रिकालाई उदृत गर्दै ‘वी नेपाली’ ले जनाए अनुसार नयाँ नियमले नर्स, पिएचडी लेभल जागिर र सर्टेज अकुपेशन लिष्टमा रहेकालाई भने असर गर्ने छैन् ।
यद्यपि, शिक्षक र आइटी तथा मार्केटिङ क्षेत्रमा काम गर्नेले भने छिट्टै र्फकनुपर्ने पत्रिकाको दावी । यस परिवर्तन विरुद्ध एक लाख हस्ताक्षर समेत बुझाइएको थियो ।
इंग्ल्याण्डमा ब्यान्ड डि प्रोपर्टीमा बस्नेले करिब ५८ पाउण्डका दरले काउन्सिल ट्याक्स बढी तिर्नुपर्नेछ । ठूला घरहरुमा बस्नेले त यो भन्दा बढी तिर्नुपर्नेछ । आठ वर्ष यता यसपटक नै सबैभन्दा धेरै काउन्सिल कर वृद्धि गरिएको हो । देशका एकसय भन्दा बढि काउन्सिलले ४ प्रतिशतसम्म कर बढाउंदैछन् ।
गत १ अप्रिलदेखि नेशनल लिभिङ वेज ७.२० पाउण्ड प्रति घण्टा बनाइएको छ ।
६ अप्रिलदेखि इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका कुकुर मालिकहरुले माइक्रो चिप राख्नुपर्ने नयाँ कानुन लागू हुंदैछ । प्रत्येक धनीले घर पालुवा जनावरको विवरण पेटलग डेटाबेसमा राख्नुपर्नेछ । यसले हराएका कुकुर खोज्न सजिलो हुने र करदाता एवं च्यारिटीको वाषिर्क खर्च ३३ मिलियन पाउण्ड जोगिने अपेक्षा छ ।
इंग्ल्याण्डमा एनएचएस पिस्किप्सन शुल्क १ अप्रिलदेखि २० पेन्स वृद्धि गरि ८.४० पाउण्ड प्रति आइटम बनाइएको छ ।
साथै, ४० हजार पाउण्ड माथिको मुल्यमा दोश्रो घर किन्ने र बाइ टु ल्यान्डलडर्सले तीन प्रतिशत बढि स्ट्याम्प ड्यूटी तिर्नुपर्ने नयाँ नियम १ अप्रिलदेखि लागू भइसकेको छ ।
अप्रिल अघि अढाइ लाख पाउण्डको अतिरिक्त जायजेथा किन्नेले स्ट्याम्प ड्यूटी २५ सय पाउण्ड तिर्नुपथ्र्यो भने अब दशहजार पाउण्ड तिर्नुपर्नेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...