ट्राफिक प्रहरीले एकै नं प्लेटका दुई ट्याक्सी नियन्त्रणमा लिएको छ । बा२ज ६२४ नं रहेको अल्टो सुजुकी कम्पनीका ट्याक्सी सवारीचालक रामबहादुर तामाङ र दुर्गा अधिकारीबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । महाशाखा प्रमुख अर्यालका अनुसार ती दुईमध्ये कुन ट्याक्सी सक्कली र नक्कली नं प्लेट हो भन्ने बारे अनुसन्धान भइरहेको र कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको छ ।
यसैबीच ट्राफिक नियम उल्लङ्घन गरी भाग्ने सवारीसाधन नियन्त्रणमा लिई कारबाही गर्न तालिमप्राप्त चालकसहितको १७ मोटरसाइकल विशेष एकाइ ट्राफिक महाशाखाले बनाएको छ । पाँच सय सिसीका ती मोटरसाइकल उच्च गतिमा गुड्न सक्ने भएकाले नियम उल्लङ्घन गरी भाग्नेलाई नियन्त्रणमा लिन सजिलो हुने विश्वास लिइएको महाशाखाका प्रमुख अर्यालले बताउनुभयो ।
प्रहरी प्रधान कार्यालयसँग यस वर्ष २५ त्यस्ता मोटरसाइकल माग गरिएकामा १७ आएको र आठ वटा आउने क्रममा छ । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...