काठमाडौँ, ५ साउन, आगामी भदौ २४ गतेबाट नेपाली चलचित्र 'छक्का पञ्जा' प्रदर्शनमा आउँदै छ । अधिकांश हास्य व्यङ्ग्य विधाका कलाकारहरु समावेश गरिएको यो फिल्ममा कलाकारहरु दिपकराज गिरी, प्रियङ्का कार्की, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने), शिवहरी पौडेल (मुखाँ हान्नुजस्तो), बुद्धि तामाङ (हनुमाने), नम्रता सापकोटा, अरुणा कार्की, वर्षा राउत लगायतको मूख्य भूमिका रहकेो छ । फिल्ममा रहेका यी सबै कलाकारहरु अहिले प्रेममा परेका छन् ।
फिल्मका मुख्य कलाकार दिपकराज गिरी र अभिनेत्री प्रियङ्का कार्की गहिरो प्रेममा परेका छन् । उनीहरु एक अर्का बिना बाँच्नै नसक्ने भएका छन् । त्यसैले त भन्दै छन्, 'देखाना चम्पा, सुनाना चम्पा, हम्रा त तम्रा बाहेक को छ र, तम्रा नी हम्रा बाहेक को छ र !' यसैगरी फिल्मका अर्का कलाकार शिवहरी पौडेल पनि प्रेममा छन्, उनी सोही फिल्मकी अभिनेतृ वर्षा राउतसँग प्रेममा छन् । यता जीतु नेपाल र केदार घिमिरे पनि नम्रता सापकोटाको प्रेममा छन् । उनीहरु मात्रै होइन कलाकार बुद्धि तामाङ पनि अरुणा कार्कीसँगको प्रेममा छन् ।
भिडियो हेर्नुहोस्:
यो प्रसङ्ग हो फिल्म 'छक्का पञ्जा' को भरखरै सार्वजनिक नयाँ गीतमा देखाइएको दृश्यको । प्रेमपूर्ण गीतमा यी सबै कलाकारहरुको प्रेम प्रसङ्गलाई देखाइएको छ । सुदूरपश्चिमेली भाकामा तयार गरिएको 'देखान चम्पा, सुनान चम्पा...' बोलको निक्कै सुमधुर गीत सार्वजनिक भएको हो । गीतमा कृष्ण काफ्ले र दिपाश्री निरौलाले स्वर दिएका छन् । शान्तिप्रियको शब्दलाई दिपक शर्माको सङ्गीतमा निर्माण गरिएको यो गीत निक्कै सुमधुर छ ।
फिल्म आगामी भदौ २४ गतेबाट देशभर एकैसाथ रिलिज हुने बताइएको छ । यो फिल्मलाई कलाकार दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यो उनको पहिलो निर्देशन हो


0 comments
प्रतिक्रिया दिनुहोस्...