-->
२१ किलोमिटर लामो जाम, जाममा फसेका १२ जनाको मृत्यु

असार २५ – इन्डोनेसियामा केही दिनदेखि लामो ट्राफिक जाम भएको छ । जाममा फसेका १२ जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् ।
जाममा फसेका १२ जनाको पानीको कमि तथा थकाइका कारण ज्यान गएको हो । इन्डोनेसियाको जाभा द्विपमा केही दिनदेखि निकै लामो ट्राफिक जाम भएको छ । यसले गर्दा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन गएका लाखौं मानिस फसेका छन् ।
जाममा फसेर ज्यान जानेमा अधिकांश वृद्ध छन् । गाडी तातो भएको तथा पिउने पाने नपाएका कारण उनीहरुको ज्यान गएको हो ।
यस्तै एक बालिकाको गाडीबाट निश्किएको ग्यासका कारण ज्यान गएको हो । जाभा दिपमा गएको एक हप्तादेखि ट्राफिक जाम छ । २१ किलोमिटर भन्दा लामो जाम परेकाले बाटो खुलाउन समस्या भएको त्यहाँका अधिकारीले बताएका छन् ।
UNTAGGED
HOME
२१ किलोमिटर लामो जाम,
    २१ किलोमिटर लामो जाम, जाममा फसेका १२ जनाको मृत्यु
– एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.