गोविन्द बस्नेत / धरान – अरुण पूूर्वका नौ जिल्लालाई लिम्बुुवान स्वायत्त राज्य घोषणा नहुुन्जेल आन्दोलन गर्ने राष्टिय जनमुुक्ति पार्टी सम्बद्ध लिम्बुुवान राज्य परिषद्ले बताएको छ ।परिषद्ले बिहीबार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुुवानको सार्वभौमसत्ता खोजिएको दिन साउन २२ लाई लिम्बुवानी राज्यको सुुनिश्चित नहुुन्जेल कालो दिनको रुपमा लिने र आन्दोलनका कार्यक्रमहरु गर्ने बताएको छ ।
वि.सं. १८३१ मा साउन २२ मा भएको असमान सन्धीले लिम्बुुवानको भूूमि वृहत नेपालमा गाभिन गएको भन्दै साउन२२ लाई कालो दिनको रुपमा लिएर बन्द
हड्तालका कार्यक्रमलाई जारी राख्ने परिषद्काअध्यक्ष एवि पन्धाकले पत्रकार सम्मेलनमा बताए । पार्टीले बिगतका दिनहरुमा राजा पृथ्वी नारायण शाहले छलकपट गरि आफना लिम्बुवान सहितको भुमी कब्जा गरि लिम्बुहरुलाई पाखा लगाएको र बिभिन्न षडयन्त्र रचि लिम्बुहरुलाई रुवाउदै लिम्बुवान छाडन बाध्य बनाएको भन्दै सोही दिनलाई कालो दिनको रुपमा मनाउन लागिएको अध्यक्ष पंन्धाकले बताए ।
सम्मेलनमा २०६६ साल श्रावण २२ गतेलाई हरेक बर्ष कालो दिनका रुपमा मनाउदै आएको र सोही अनुसार आउदो श्रावण २२ लाई पनि कालो दिनको रुपमा लिई
बन्दको आवहान गरेको समेत उनले जानकारी दिए । पंन्धाकका अनुसार शान्तिपुर्ण गरिने बन्दको क्रममा अटेरी गरि पार्टीको काम कार्वाहीमा बाधा पुु¥याए त्यसवापतको हुने नोक्सानी सम्बन्धीत पक्षले स्वयम लिनुपर्नै बताए ।
purbeli news


0 comments
प्रतिक्रिया दिनुहोस्...