काठमाडौं, असार १७ – नेपाल क्रिकेट संघ क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आफू क्यानबाट बाहिरिने घोषणा गरेकी छिन् । आइसिसीले क्यानमाथि लगाएको प्रतिबन्ध अनुमोदन गरेपछि घिमिरेले क्यानबाट बाहिर रहने घोषणा गरेकी हुन् । शुक्रबार ट्वीट मार्फत उनले भनेकी छिन्, ‘हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा बाहिर बसेर नै नेपाली क्रिकेटलाई बढी योगदान गर्न सक्छु, करोडौँ नेपालीको सपनासँग जोडिएको क्रिकेट लामो समय बन्दी बनाउनु दुरभाग्यपूर्ण छ, क्रिकेट संघको सम्पूर्ण जिम्मेवरीबाट बाहिर बस्ने निर्णय गरेको छु ।’ उज्यालोअनलाइनबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...