-->
सरकारी अनुगमन टोली पुग्नासाथ पानी उद्योगी फरार!

सरकारी बजार अनुगमन टोलीले बिहान मातातिर्थ क्षेत्रमा दुईवटा पानी उद्योगमा सिलबन्दी गरेसँगै केही उद्योगका मालिक भने चाबी लगाएर फरार भएका छन्।
अनुगमन टोली पुग्ने बित्तिकै ए वान ब्राण्डको पानी उत्पादन गर्ने उद्योग, सगरमाथा फूड एण्ड बेभरेजलगायत १४ वटा कम्पनी बन्द गरेर उद्योगी भागेका छन् ।
आपूर्ति व्यवस्था विभाग, उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यलय काठमाडौं, उपभोक्तावादी संघसंगठन, आपूर्ति मन्त्रीका स्वकीय सचिवालयका कर्मचारी, मन्त्रालयका प्रतिनिधि सहितको बजार अनुगमन टोलीले मापदण्ड विपरितको उद्योगमा सिलबन्दी गरेको हो।
बन्द गरेर भागेकामध्ये दुईवटा उद्योगमा सिलबन्दी गरिसकेको अनुगमन टोलीले अरुमा सिलबन्दी गर्ने क्रम जारी राखेको छ ।
सरकारी विशेष अनुगमन टोलीले मातातिर्थस्थित मातातिर्थ स्प्रिङ मिनरल वाटर एण्ड बेभरेज प्राली र स्प्रिङ मिनरल वाटर अफ मातातिर्थले मापदण्ड पूरा नगरेको फेला पारेपछि सिलबन्दी गरेको हो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.