-->
घरमा कोही नभएको बेला हम्मरले हानेर श्रीमतीको हत्या गर्ने युवक पक्राउ :

भक्तपुर, असार ३० - घरमा कोही नभएको बेला हम्मरले हानेर आफ्नै श्रीमतीको हत्या गरि फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
हम्मरले हानेर २३ वर्षकी श्रीमती दीपा कार्कीको हत्या गरेर भागेको भन्दै प्रहरीले २५ वर्षका विजय कार्कीलाई एयरपोर्टबाट पक्राउ गरेको हो । बुधबार दिउँसो घरमा कोही नभएको बेला विजयले श्रीमतीको हत्या गरेका थिए ।
महानगरीय प्रहरी परिषर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यले भक्तपुर छालिङ्गमा पुरानो घरभई हाल सूर्यविनायक नगरपालिका ४ सल्लाघारी स्थित आफ्नै घरमा परिवारसँग बस्दै आएका विजयले श्रीमतीको हत्या गरि फरार भएको थाहा पाएर प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको जानकारी दिएकी छन् ।
प्रहरीले विजयको मोवाइललाई ट्रयाक गरेर पछ्याउँदै एयरपोर्टबाट भाग्न खोज्दै गर्दा पक्राउ गरेको र उसको लुगामा रगतसमेत लागेकोले हत्या श्रीमानबाटै भएको हुनसक्ने उनले बताइन् ।
घटनास्थल पुगेका महानगरीय प्रहरी बृत्त जगोतेका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले बुधबार दिउँसो हम्मरले टाउकोमा हानेर हत्या गरेर श्रीमान फरार भएको प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
उनले मृतकका सासू, ससुरा दुई र चार वर्षका दुई छोरा थानकोटमा बिहेमा गएको मौका पारेर घरको पहिलो तल्लामा हत्या गरेको पाइएको शर्माले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको जनाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.