-->
प्रचण्डलार्इ अाेलीकाे गतिलाे जवाफ – हिम्मत छ भने सरकार ढालेर देखाउ हैन भने काम गर्न देउ !

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिउँसो र साँझ गरेर दुई पटक बालुवाटार पुगे । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच दुई घन्टा गोप्य वार्ता भएको छ । उनीहरूबीच बिहान ८ बजेदेखि दसबजेसम्म छलफल भयो ।
ओली र प्रचण्डको भेटमा यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । दाहालले भने, ‘शुक्रबार साँझको भेटमा मंसिरसम्म यही सरकार कायम राख्ने विषयमा छलफल भएको छ ।’
प्रचण्ड र ओलीबीच शुक्रबार मात्र पटकपटक भेटवार्ता भएको भए पनि दाहालले भने साँझ एक पटकमात्र भेटवार्ता भएको दाबी गरे । ‘साँझ प्रधानमन्त्रीसँग भेट भएको हो,’ दाहालले भने । भेटमा प्रचण्डले माओवादी केन्द्र वर्तमान गठबन्धनको सरकारको विपक्षमा जान नसक्ने विषय जानकारी गराका थिए ।
पछिल्लो समय सरकार परिवर्तनबारे अनावश्यक टिकाटिप्पणी भएको भन्दै ओलीले दाहलसँग असन्तुष्टि पोखेका थिए । भेटमा प्रधानमन्त्री ओलीले आफूलाई चित्त नबुझे कि सरकार ढालिहाल्नु, नभए सरकारलाई काम गर्ने वातावरण बनाइदिनु भनी प्रचण्डसँग भनेको स्रोतको दाबी छ । उनले मंसिरमा स्थानीय निकायको निर्वाचन सम्पन्न गरेपछि मात्र सरकारको नेतृत्वका विषयमा छलफल गर्दा राम्रो हुने सुझाएका थिए ।अाजको अन्नपूर्ण पाेस्टमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.