साउन-३, यौन सुखको कुरा गर्दा सदैव बिभिन्न आसनहरुको चर्चा हुने गरेको छ। पछिल्लो समयमा आएर यौन संबन्धको बारेमा मनिस निकै उद्दार भएको पाईन्छ । जस्ले गर्दा आफ्नो पाट्नरको खुसिको लागि र चरम उत्कर्सको लागि बिभिन्न उपायहरु अपनाउने गरिन्छ । यसै मध्य एक स्टाईल हो वुमन अन टप यानिकी पुरुषमाथि महिला रहेर गरिने सम्भोग । तर एक अध्ययनअनुसार पुरुषमाथि महिला रहेर गरिने सम्भोग सबैभन्दा खतरनाक सेक्स पोजिसन रहेको पाइएको छ ।
क्यानडाका अनुसन्धानकर्ताहरुले आधाभन्दा बढी लिंगको फ्र्याक्चर यस्तो सम्भोग पोजिसनका कारण भएको पत्ता लगाएका थिए । यस्तै, अर्को पोजिसन ‘डग्गी स्टाइल’ का कारण २९ प्रतिशतमा लिंगको फ्र्याक्चर हुने समस्या देखिएको छ । अधिकांश पुरुषले प्रयोग गर्ने मिसनरी पोजिसन अर्थात् पुरुष माथि रहेर गरिने सम्भोगसमेत सुरक्षित नरहेको अनुसन्धानबाट पत्ता लागेको छ । २१ प्रतिशत लिंग फ्र्याक्चर यस्तो स्टाइलका कारण हुने गर्छ ।
पुरुषलाई पीडा सुरु हुनेबित्तिकै सेक्स नरोकिने भएकाले पनि ‘वुमन अन टप’ पोजिसन बढी खतरनाक मानिन्छ । सेक्सका दौरान महिलाको तौलले पुरुष लिंगमा भार पार्ने भएकाले पनि समस्या सुरु हुनेबित्तिकै रोकिने सम्भावना कम हुन्छ ।
यसको बदलामा पुरुष माथि रहने पोजिसनमा भने पुरुष तत्कालै अलग हुन सक्छ । यो अध्ययन निरन्तर १३ वर्षसम्म गरिएको थियो । यसक्रममा डाक्टरहरुले ब्राजिलका तीन अस्पतालमा यौनांग फ्र्याक्चरको समस्या लिएर पुगो ४४ पुरुषको पोजिसनका बारेमा जानकारी लिएका थिए । यसमा २८ जनाले सेक्सका क्रममा लिंगमा समस्या आएको स्वीकार गरेका थिए । अचम्म त के थियो भने आधाभन्दा बढी मानिसले लिंग फ्र्याक्चर भएको आवाज पनि सुनेका थिए । यसपछि लिंग सुनिएको र पीडाको समस्या पनि सुनिएको थियो । -एजेन्सि


0 comments
प्रतिक्रिया दिनुहोस्...