-->
सामूहिक आवासमा बस्दैनन् पीडित : सेनाले बनाएको अधिकांश आवास प्रयोगमा आएनन्

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत नेपाली सेनाले निर्माण गरेको अधिकांश सामूहिक आवास प्रयोगमा आउन सकेका छैनन् । मध्यमाञ्चलका सात जिल्लामा निर्माण भएका सामूहिक आवसमध्ये धादिङ जिल्लामा मात्र प्रयोगमा आएको मध्यपृतना हेडक्वाटर हेटोंडाका पृतनापति उपरथी देवकुमार सुवेदीले बताए ।
जेठ १७ मा सरकारले सामूहिक आवास निर्माणको जिम्मा दिएपछि २५ दिभित्र निर्माण सम्पन्न गरी असार १० गते जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको उनले जानकारी दिएकाे ।
धादिङका पाँचवटा सामूहिक आवासमा बाढी र पहिरो पीडित बसेका छन्, उनले भने अरु जिल्लामा निर्माण भएका १८ वटा सामूहिक आवास प्रयोगमा ल्याउन समन्वय गरिरहेको छौं ।मध्यपृतनाअन्तर्गत सेनाले सात जिल्लामा तीन सय ६८ परिवार अट्ने गरी २३ स्थानमा सामूहिक आवास निर्माण गरेका थियो ।अाजको अन्नपूर्ण पाेस्टमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.