-->
आपूर्ति मन्त्री बेपत्ता भएपछि माओवादीमा खैलाबैला !!

काठमाडौँ १७ असार । खड्गप्रसाद ओली नेतृत्वको सरकारमा पार्टीको साख उठाउने र जनतामा स्थापित गर्ने लक्ष्यका साथ सरकारमा सहभागी भएको नेकपा(माओवादी केन्द्र)का मन्त्रीहरु नै बेपत्ता हुने गरेपछि सो पार्टीभित्र खैलाबैला मच्चिएको छ । विशेष गरी आपूर्ति मन्त्री कहाँ गणेशमान पुन र सामान्य प्रशासन मन्त्री रेखा शर्मा आजकल वेपत्ता भएका छन् ।
उनीहरु हरेक दिन कहाँ जान्छन्, कसलाई भेट्छन् र के काम गर्छन भन्नेमा पार्टी नेतृत्वलाई कुनै जानकारी नै हुन छाडेको छ । मन्त्रालयमा भेटिदैन, पार्टी कार्यालयमा पनि हुँदैनन् आखिर जान्छन् त कहाँ उनीहरु । सेवाग्राही काम लिएर मन्त्रालय जान्छन्, सचिवालयमा रहेका कर्मचारी भेटिदैनन्, उनीहरु कहाँ छन् सो को बारेमा कोही कसैलाई जानकारी हुँदैन ।
फोन गर्यो, फोन उठ्दैन, स्वकिय सचिवलाई सम्पर्क गर्दा मन्त्री ज्यू व्यस्त हुनुहुन्छ पछि गर्नुस् भन्दै जवाफ आउँछ । आखिर जान्छन् त कहाँ माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेताहरुले यस्तै चर्चा गर्न थालेका छन । माओवादी अध्यक्ष प्रचण्डलाई समेत जानकारी हुन्न । मन्त्रालयका सचिव हैरान, कर्मचारी हैरान छन् तर त्यसकाबारेमा कोही कसैको पत्तो छैन ।आजको जनआहवान साप्ताहिकमा खबर छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.