काठमाडौं । माथिको फोटोमा तपाईंले भारतीय राजदुत रणजित रायलाई देख्नुभयो । जंगलको बीचमा एउटा रुखमा समातेर आड लाग्दै गरेका रायलाई अर्का एक युवकले तान्न खोजिरहेका छन् । साथमा रहेका अर्का उक व्यक्तिले छाता ओढाइरहेका छन् । झट्ट हेदा रायलाई कसैले दुव्र्यवहार गरेको हो की जस्तो लाग्ने यो फोटो धादिङको हो । पत्रकार ऋषि धमला, निकै गयामर पत्रकार हुन् । उनले आफ्नो गाउँको विकासका लागि निकै योगदान दिएका छन् । र शुक्रबार उनै धमलाले राजदुत रायलाई आफ्नो गाउँमा बन्न लागेको खानेपानी योजनाको शिलन्याश गराउन लगेका थिए ।
राजदुत रे शुक्रबार भारत सरकारको सहयोगमा बन्ने खानेपानी परियोजनाको शिल्यान्यास गर्न धमला गाउँ ज्यामरुङ पुगेका थिए । हिलाम्य सडक बाटोलाई छिचोल्दै उनी माथि त उक्ले तर जब उनले गाउँको विकटतालाई नजिकबाट नियाँले त्यतिवेला उनी रणभुल्लमा परे । आखिर यही माटोमा जन्मिएका पत्रकार धमला यति सक्रिय अनि यति लगनशी कसरी भए भनेर । धमला निकै संघर्षको ओझबोझपूर्ण यात्राका साथ यो स्थान्मा आईपुगेका रहेछन् भनेर उनले सहजै अड्कल त्यतिवेला काटे, जतिवेला उनी ज्यामरुङ र यस आसपासका भौगोलिक विकटतासँग प्रत्यक्ष साक्षात्कार भए ।
राजदुत रायले यसरी जंगल, काँडा र हिलो चिप्लो छिचोल्दै पहिलो पटक हिडेको अनुभव पनि सुनाएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...