-->
बढ्दो रोबोट सेक्स

असार २६, बिज्ञान प्रबिधीको बढ्दो बिकाससंगै हरेक कुराहरुमा सरलता आएको छ । यस्ले मानवका हरेक चाहना र सपनाहरुलाई धेरै हद सम्म पुरा गरिदिंदा मानिसलाई मनोरन्जन एवं यौन संबन्धको लागि पनि युवा युवतीकै आवस्यक्तालाई समेत न्युनिकरण गरेको छ । उनिहरुले आफ्नो इच्छा अनुसारको सेक्सटोय वा सेक्स रोबोटको प्रयोग गरेर यौन आनन्द लुट्न सक्ने प्रबिधिको बिकास भएको धरै भैसकेको छ ।
यसैबिच पछिल्लो समयमा सेक्सटोयको सट्टा सेक्स रोबोटहरूको प्रयोग बढ्न थालेको छ । एक अनुसन्धानअनुसार पछिल्लो १० वर्षमा सेक्स रोबोटको लोकप्रियता बढ्दै गएको तथ्य सर्वजानिक भएको हो ।
डाक्टर इयान पियर्सनका अनुसार ब्याट्री प्रयोग हुने यस प्रकारको रोबोटलाई रिमोट कन्ट्रोलबाट पनि चलाउन सकिन्छ । यो रोबोटको शरीरको माथिको भागलाई आवश्यकताअनुसार फैलाउन पनि सकिन्छ । यो ५ फिटसम्म अग्लो हुन्छ । मिररसिओडट्युकेका अनुसार सजिलो तथा आफ्नो इच्छाअनुसार चलाउन पाइने हुनाले यसको प्रयोग बढ्न थालेको हो ।
मानिस बिच भएकै सम्पर्क झैँ आनन्ददायी र आफ्नो इच्छा अनुरुप प्रयोग गर्न मिल्ने भएको कारण वैज्ञानिक तथा अनुसन्धानकर्मीहरूका अनुसार सेक्स रोबोटको प्रयोग बढ्दै गए निकट भविस्यमा मानिसहरूबीचको अन्तक्र्रिया कम हुने खतरा बढेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.