-->
संसद्मा सम्बोधनपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने

प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा सम्बोधन गरेपछि पदबाट राजीनामा दिने भएका छन् ।
सत्तारुढ दलहरुले एक पछि अर्को गरी समर्थन फिर्ता लिई अविश्वासको पक्षमा मत हाल्ने निर्णय गरेपछि ओली राजीनामा दिने मनस्थितिमा पुगेका हुन् । उनले आफूविरुद्धको अविश्वासको प्रस्ताव सामना नगर्ने एमाले स्रोतहरुले बतायो।
सरकारमा सामेल दलहरुले समर्थन फिर्ता लिए पनि अटेर गरेर पदमा बसे बहुमत सांसदको हस्ताक्षरबाट नयाँ प्रधानमन्त्री चयन गरी राष्ट्रपतिलाई जानकारी गराउन सकिने व्यवस्था भएको भन्दै कानुन व्यवसायीहरुले सुझाव दिएपछि ओलीले राजीनामा दिने एमाले निकट स्रोतहरूले जनाएको छ।
संविधानको धारा २९८ को उपधारा १३ बमोजिम अविश्वास प्रस्तावमा मतदान हुँदा बहुमत सदस्यले त्यसलाई पारित गरे संसद नियमावली १६० को ९ बमोजिम स्वतः पदमुक्त हुने व्यवस्था छ।
एमालेका बहुमत सांसद तथा नेताहरू ओलीले आइतबार नै पदबाट राजीनामा दिनुपर्ने पक्षमा छन् । यतिखेर एमालेमा ओली स्पष्ट अल्पमतमा छन् । केन्द्रीय समितिमा अल्पमतमा परेपछि ओलीले केन्द्रीय कमिटीको बैठक नबोलाएको भन्दै पार्टीभित्र चर्को असन्तुष्टि सुरु भएको छ । संसहीय दलमा भने उनी झिनो बहुमतमा छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.