काठमाडौं, १७ असार । राजधानीमा शुक्रबार अविरल वर्षापछि विभिन्न खोलामा आएको बाढीले दुई जनालाई बगाएको छ । ती मध्ये एक जनाको सकुशल उद्दार गरिएको छ भने एक महिला वेपत्ता छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको तारकेश्वश्र नगरपालिका धर्मस्थलीस्थित खोलामा आएको बाढीले धर्मस्थली बस्ने पशु सेवा केन्द्र धर्मस्थलीका कार्यालय प्रमुख ५१ वर्षीय जयप्रकाश यादवलाई बा.६३ प ८२८ नम्बरको मोटरसाइकलसहित शुक्रबार बगाएकोमा तत्काल प्रहरी टोली खटि गई यादवको उद्धार गरी बाहिर निकालेको छ ।
उनको अवस्था सामान्य रहेको छ । मोटरसाइकलको खोजी भइरहेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका शोभाभगवती नजिक विष्णुमती खोलाले हाल नाम, थर, वतन खुल्न नसकेकी १ महिलालाई शुक्रबार वगाएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई खोजी कार्य गरिरहेको छ


0 comments
प्रतिक्रिया दिनुहोस्...