-->
नाकबाट रगत बग्यो ? यि घरेलु उपाय अपनाउनुहोस् समस्याबाट छुटकारा पाउनुहोस्

काठमाडौँ- गर्मीमा नाकबाट धेरैको रगत बग्ने गर्दछ । नाकबाट रगत बग्यो भन्दै आत्तिइहाल्नु हुँदैन ।  धैर्यताका साथ आँफुलाई सम्हालेर शरीरको तापक्रम घटाउन तिर लाग्नुपर्छ । तनाव रहित वातावरणमा बसेर नाकमा सफा कपास हाल्नुहोस् ।
टाउकोलाई आरामसाथ माथी उठाउनुहोस् । जसबाट सिधै रगत बग्न नपाओस् । निरन्तर रक्तश्राव भैरहेको छ भने नाकलाई ८ देखि १० मिनेटसम्म थिचेर राख्नुपर्छ । त्यो समयमा मुखबाट सास लिन सकिन्छ ।
अझै पनि रक्तश्राव कम नभए कुनै नोजल स्प्रे पनि प्रयोग गर्न सकिन्छ । अन्त्यमा रगत बग्न रोकीएपछि नाकमा राखेको कपास निकाल्दा हुन्छ । जस्ले थप हल्का बनाउँछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.