-->
मेसीलाई २१ महिना जेल सजाय, २४ करोड रुपैंया जरिवाना

स्पेनको एक अदालतले बार्सिलोनाका फुटबल स्टार लियोनल मेसीलाई २१ महिना जेल सजाय सुनाएको बिबिसीले जनाएको छ। साथै उनलाई झन्डै २४ करोड रुपैंया (२ मिलियन युरो) जरिवाना पनि तोकेको छ।
कर छलिको अभियोगमा बुधबार अदालतले यस्तो सजाय सुनाएको हो।
अर्जेन्टीनी खेलाडी मेसी र उनका बुबालाई स्पेनमा ५० करोड रुपैंयाँ (५ मिलियन अमेरिकी डलर) कर छलि गरेको मुद्दा अदालतमा थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.