-->
भारतीय राजदूतले फेरि थाले अर्को ‘कुटिल’ योजना

काठमाडौं, ५ साउन । नाकाबन्दीका कारण भारत र नेपालबीच बिग्रिएको सम्बन्ध जनस्तरबाट सुधार गर्न भन्दै भारतीय राजदूत रञ्जित रे विकासे योजना बाँढ्दै राजधानीबाहिर घुम्न थालेका छन् ।
प्रशासनलाई जानकारी नदिई राजधानी काठमाडौंबाट घुमफिरका लागि मकवानपुरको पर्यटकीय क्षेत्र दामन पुगेका राजदूत रेले यस क्षेत्रको विकासमा सहयोग गर्ने आश्वासन दिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यहाँका उद्योगी, व्यवसायी र स्थानीयसँगको छलफलका क्रममा उनले जनस्तरमा सम्बन्ध विस्तार गर्न चाहेको बताउँदै आधा दर्जन विकासका योजनामा सहयोग गर्न आतुर रहेको बताए ।
थाहा नगर उद्योग वाणिज्य संघले गरेको छलफल कार्यक्रममा राजदूत रेले तरकारीको पकेट क्षेत्र दामनमा कोल्ड स्टोर निर्माण गरिदिने बताए ।
‘तपाईहरु प्रस्ताव लिएर आउनुहोस् हामी सहयोग गर्न तयार छौं,’ उनले भने ।
भारत सरकारको सहयोगमा हेटौंडामा निार्माण हुन लागेको बहुप्राविधिक विश्वविद्यालयका लागि बजेट बिनियोजन भइसकेको राजदूत रेले जानकारी दिए । टेन्डर प्रक्रियाबाट निर्माण कार्य अघि बढाउने तयारी थालिएको रेले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.