तपाईंको मात्रै होइन, सबैका श्रीमतीले
ढाँटछन् यी पाँच कुरा !
कतिपय कुराहरु यस्ता हुन्छन्, जुन चाहेर पनि कसैलाई भन्न
सकिन्न । अरु त अरु, आफ्नै जीवनसाथीलाई पनि । यो महिला र
पुरुष दुबैमा लागु हुन्छ ।
तर, हामी यहाँ महिलाको कुरा गर्दैछौं । भनिन्छ, ‘महिलाहरुको
मनको बात थाहा पाउन निकै मुस्किल हुन्छ ।
’ केही यस्ता कुरा
हुन्छन्, जुन उनीहरु हमेसा लुकाएर राख्छन् । यसमा कसैको अहित
हुने कुरा नहुनसक्छ, तर पनि बताउन सक्दैनन् ।
यसलाई सही ठहर्याउने उनीहरुको आफ्नै कारण पनि हुन्छ । के–
के हुन् त त्यस्ता कुराहरु, जसलाई महिलाले हमेशा लुकाउने प्रयास
गर्छन् । विभिन्न रिसर्चहरुबाट पत्ता लागेको ५ कुरा हामीले यहाँ
उल्लेख गरेका छौं ।
१. महिलाहरुले आफ्नो पतिलाई हमेशा बताउन खोज्दैनन्, कि खास
पल (पतिसँगको पहिलो रात)मा कस्तो अनुभव भयो । यदि भनिन्
भने पनि त्यो सत प्रतिशत सत्य हुँदैन ।
२. कतिपय कुराहरु यस्ता हुन्छन्, जसमा पति–पत्नीबीच सहमति
नहुनसक्छ । तर, पत्नीहरु आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो
विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने
त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ, तर कहिल्यै व्यक्त गर्दैनन् ।
३. महिलाहरुले आफ्नो पहिलो प्यारलाई जिन्दगीमा कहिल्यै
भुल्दैनन् । पहिलो प्रेमबारे पतिलाई शेयर गर्नेहरु पनि होलान्, तर
एउटा कुरामा ढुक्कहुनुस्, ऊ प्रति अझै पनि मुटुको एक छेउमा
सफ्ट कर्नर छ भन्ने कुरा चाहीँ कसैले शेयर गर्दैनन् । पहिलो
प्रेमीलाई पूरै भूलिसकेँ भन्छन् भने त्यो सत्य होइन ।
४. हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ ।
खजनाको बदलामा पैसा नै किन नहोस् । जसलाई उनीहरु आफ्नो
सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर यसबारे
पतिलाई कुनै जानकारी हुँदैन । तर कुनै बेला पति नै समस्यामा हुँदा
झिकेर दिन पछि पर्दैनन् ।
५. महिलाहरु सानातिना कुराहरु पनि आफ्नो साथीसँग शेयर गर्न
भ्याउँछन् । तर मैले साथीलाई यो कुरा भनेँ नि भनेरचाहिँ कहिल्यै
भन्दैनन् । पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ
भन्छु त भनेर ठिक्क पार्छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...