असार २५ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले आइतबार राति हुने युरोकपको फाइनलमा सबैलाई रोमाञ्चित बनाउने म्यानचेस्टर युनाइटेडका पूर्व साथी खेलाडी रियो फर्डिनान्डले बताएका छन् ।
पोर्चुगलले युरोकपको फाइनलमा आइतबार राति पौने एक बजे पेरिसको स्टेड डी फ्रान्समा आयोजक फ्रान्ससँग खेल्नेछ । ३१ वर्षका पोर्चुगलका कप्तान रोनाल्डोलाई यो पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अवसर हो ।
फर्डिनान्डले बिबिसीसँग भने ‘फ्रान्सका सबै रोनाल्डो विरुद्ध हुनेछन् । तर रोनाल्डोले ती सबै विरोधलाई तोड्ने छन् ।’ फ्रान्स घरेलु मैदानमा उपाधि जित्ने दाउमा छ । तर रोनाल्डोले उनीहरुको सपना टुटाउने फर्डिनान्डले बताए । उनले भने ‘फ्रान्सलाई रोनाल्डो कुन स्तरका खेलाडी हुन् भन्ने थाहाछ । उनले धेरैखेलमा जादुयी प्रदर्शन गरेर सबैलाई चकित पार्दै आएकाले उनी फ्रान्सको सपना पूरा हुन नदिने क्षमता राख्छन् ।’ अरु खेलाडी लडखडार टिम समस्यामा परेका बेला रोनाल्डो झन अचम्मित पार्ने प्रदर्शनको क्षमता राख्ने उनको भनाई छ । पेरिसको वातावरण तनावपूर्ण हुने तर रोनाल्डोले तनावको अवस्थामा आफ्नो प्रदर्शनले सबैलाई रोमाञ्चित बनाउने फर्डिनान्डको भनाई छ । रोनाल्डोले सन् २००४ मा घरेलु मैदानमा भएको युरोकपमा टिमलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । यसपटक पनि उनकै राम्रो प्रदर्शनका सहायताले पोर्चुगलले फाइनलसम्मको यात्रा तय गरेको छ । अहिले आयोजक फ्रान्सलाई पन्छ्याउँदै उपाधि उचाल्न सके रोनाल्डोले आफ्नो खेल जीवनमा राष्ट्रिय टिमलाई अहिलेसम्म दिन नसकेको सफलता दिने थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...