साउन-२, तपाईले बिभिन्न मन्दिर एवं प्राचिन धार्मिक तथा ऐतिहासिक महलहरुमा यौनजन्य कलाहरु देख्नु भएको होला । नेपालका बिभिन्न प्रख्यात मन्दिर जस्तै पशुपतीनाथ,कालभैरव मन्दिर, चागुनारायण, न्याथपोल साथै बिभिन्न राजाका पालामा बनेका राजदर्बारका टुँडालहरूमा महिला र पुरुषबीच हुने कामूक दृष्य कुँदिएको हुन्छ ।
खास गरी यौनलाई गोप्यरुपमा राख्न पर्छ भन्ने मान्यता बोकेको पूर्वीय समजमा नै यसरी धार्मिक स्थलमा कामोत्तेजना तस्विर आखिर किन राखिएको होला? हामिलाई था छ हाम्रो संकृती अनुरुपको मुल्य, मान्यता अनुसार यदि कसैले खुलेयाम यौनजन्य कार्य गरेमा उक्त व्यक्ति कानूनको कठघरामा पुग्दछ । खुलारुपमा यौनको कुरा सम्म गर्न नसक्ने हाम्रो जस्तो मुलुकमा आखिर किन र कस्ले यस्ता दृस्यहरु निर्माण गर्यो भने बिसयमा विभिन्न धार्मीक ग्रन्थहरुमा पाइएका केहि रहस्यहरु यस्ता छन् ।
१ - किम्बदन्तीका अनुसार मन्दिरमा यौनजन्य सङ्केत सहितका कला राख्दा चट्याङ पर्दैन र मन्दिरमा कुनै क्षती हुँदैन् ।
२ - कसैले यो बिषयलाई धर्मसँग जोडेर के पनि भनेका छन् भने प्राचिन समयमा बौद्धमार्गीहरुको संख्या बढी थियो । धर्मकै कारण अधिकांश मानिसहरुले बैबाहिक जीवन त्यागेर साधु जीवन बिताउन थाले । यस्तो क्रम बढेपछी त्यतिखेरका हिन्दु राजाहरुले उनीहरुलाई सांसारिक जीवनमा ल्याउनको लागि बिभिन्न उपायहरु रच्न थाले । त्यसो त धर्म त्यागेर बौद्धमार्गी बन्नेको संख्या बढेको र बैबाहिक जीवन र यौन जीवनलाई त्यति ख्याल नगर्नेहरु बढ्न थालेपछि जनसंख्या घट्न थालेपछी त्यतिखेर मन्दिरहरुमा त्यस्ता यौनक्रिडाका मुर्तिहरु बनाएर दैनिक मानिसहरुलाई यौन क्रिडामा सक्रिय बनाउनको लागि मन्दिरहरुमा अश्लिल मुर्ति बनाउन थालियो ।
यो बिषयलाई विश्लेषण गर्ने हो भने केहि कुरा तथ्य पनि लाग्न सक्छन । किनभने धेरै मुर्तिहरु साधुजस्तो आकृतिमा कुँदिएको छ । कतिपय मुर्तिहरु भगवानकै आकृतिमा पनि कुँदिएको छ । त्यसको मतलव भगवानले पनि यौनक्रिडा गर्छन भन्ने संदेश दिन खोजिएको हुनसक्छ भने अर्को कुरा बुद्ध धर्म मान्नेले पनि यौनक्रिडा गर्छन भन्ने संदेश दिन कतिपय बुद्धको जस्तो आकृति देखिने मुर्तिमा यौनक्रिडाको मुर्ति कुँदिएको हुनसक्छ । कतिपयले बुद्धको आकृतिमा त्यस्ता मुर्ति कुँदिनु त्यतिखेरको धार्मिक विरोधी कार्य मानेका छन् ।
३ - अधिकांश प्राचिन मन्दिरहरु बनाउने कार्य तात्कालिन राजाहरुले गरेका थिए । उनीहरुले दिएको जिम्मेवारीमै मन्दिर बन्थ्यो भने मन्दिरहरुमा मुर्ति पनि उनीहरुलेनै छाने बमोजिमको बनाउनुपर्ने हुँदा त्यतिखेर मुर्तिहरुमा राजाहरुले अश्लिलता कुँदेको कतिपयको आरोप छ ।
४ - के पनि विश्वास छ भने मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन मन्दिरको बाहिर नै कामुक कला कुँदिएका थिए ।
५ - कतिपयले के पनि भनेका छन् भने मानिस बढी उपस्थित हुने स्थानहरुमा यसरी मुर्ति कुँदिनु त्यतिखेरको शैक्षिक कार्य हो । यसरी आसन(आसनमा यौनक्रिडाको मुर्तिको कारण मानिसहरुले कसरी यौनक्रिडा गर्ने भन्नेबारे जानकार हुन्छन् ।
६ - यही बिषयमा के पनि बिचार छ भने संसारका श्रीष्टिकर्ता ब्रम्हा समेतको मोक्षका लागि यौन आवश्यक परेको थियो । उनको पुनरजन्मको लागि यौनको भूमिका थियो त्यसैकारण यौनलाई मुर्तिको रुपमा चित्रण गर्न थालियो ।
७ - यो बिषयले मुश्लिम आक्रमणलाई पनि जोडेर हेर्नेहरु छन् । प्राचिन कालमा हिन्दुधर्मावलम्बीहरुलाई मुश्लिम साशकहरुको डर थियो । मुस्लिमहरुले आक्रमण गर्नेक्रममा नग्न र कामुक बस्तुहरुको नजिक पर्दैनन् भन्ने त्यतिखेरको चेतना थियो त्यसैकारण उनीहरुबाट मन्दिरलाई जोगाउनकै लागि पनि यस्ता आकृति कुँदिएका थिए ।
८ - कतिपयले यस बिषयलाई त्यतिखेरको राजाहरुको सम्पन्नता र मज्जाको जीवनशैलीका रुपमा पनि चित्रण गरेका छन् ।
९ - अर्को बिषय के पनि छ भने कुमारीलाई जिउँदो देवीको रुपमा पुजा गर्ने चलन छ । कुमारी भन्ने बित्तिकै ‘भर्जिन’ हुनुपर्ने मान्यता छ । मन्दिरमा स्थापना गरिने ‘कुमारी’लाई कसैको आँखा नलागोस् र यौनक्रिडाको सिकार बन्न नपरोस् भन्ने मान्यता थियो । यसरी मन्दिरको बाहिरनै मुर्ति कुँदिएपछी कुमारीसँग सबैले लाज मान्ने र यौनको बिचार नजाग्ने हुँदा मन्दिरको बाहिर त्यस्ता नग्न मुर्ति कुँदिएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...