-->
राहुका कारण चर्चित हुन्छ प्रेम सम्बन्ध, जान्नुहोस राहुका विचित्र लक्षण

आम रुपमा मानिन्छ कि प्रेम सम्बन्धमा शुक्र स्वराशीमा बाह्रौ भावका बलवान हुनु वा शुक्रसँग सम्बन्ध तथा पाँचौ भावको बलवान हुनु पर्याप्त हुन्छ । परन्तु, राहु पनि यसका लागि जिम्मेवार हुन्छ । राहु प्रेम सम्बन्ध फलिफाप हुनका लागि उत्तरदायी हुन्छ ।
समाजको नजरबाट लुकेर एक अर्कोसँग भेटघाट गर्ने प्रकारको प्रेम सम्बन्ध भएका ब्यक्तिहरुका लागि राहु उत्तरदायी हु्रन्छ । राहु रहस्यको कारण ग्रह हो र तमाम रहस्यहरुमा राहु कै देन हुन्छ । राहु झुटको त्यो रुप हो जो झुट भएर पनि सत्य झैं प्रतीत हुन्छ ।
जो प्रेम सम्बन्ध असत्यको डोरीमा बाँधिएको हुन्छ, उक्त सम्बन्ध देखाउनका लागि हुन्छ । राहु भने केही वनावटी सत्य हो । राहुले ब्यक्तिलाई झुट बोल्न सिकाउँछ । कुरा लुकाउन, कुरा बदल्न, कसैको विश्वास सफलतापूर्वक जित्ने कला राहुको अलावा अरु कुनै ग्रह दिन सक्दैंनन् । sahja
patrika


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.