-->
त्रिशूली किनारमा ट्रक खस्दा तीनजना गम्भीर घाइते ::

रत्ननगर (चितवन), ४ साउन । चितवनको कविलासमा साबुन बोकेको ट्रक त्रिशूली किनारमा खस्दा तीनजना गम्भीर घाइते भएका छन् ।
आज बिहान ६ः३० बजेको समयमा चितवनको कविलास गाविस– ६ स्थित सडकबाट ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
साबुन बोकेर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको लु १ ख ५८९२ नम्बरको ट्रक अनियन्त्रित भई अन्दाजी ५० फिट तल नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
घाइतेको पहिचान हालसम्म नखुलेको र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.