-->
यस्ता दाई भाउजु जसले ७३ वर्षीया आमासँगै अपाङ्गता भएका भाइलाई घरबाट निकाले :

डडेल्धुरा, साउन ७ - परशुराम नगरपालिका १२ मालझुलमा अपाङ्गता भएका छोरा र वृद्ध आमा घरबाट निकालिएका छन् । अपाङ्गता भएका ३२ वर्षका छोरा जयबहादुर बाग र ७३ वर्षकी आमा घरबाट निकालिएका हुन् ।
घरबाट निकालिएपछि अपाङ्गता भएका छोरा र वृद्ध आमा न्याय र साहाराको खोजि गर्दै डडेल्धुरा सदरमुकाम खलंगा पुगेका छन् । जयबहादुरले वृद्ध आमासँगै आफूलाई दाइ भाउजुले घरबाट निकालेको बताएका छन् ।
उनले गहभरि आँसु पार्दै सहोदर दाजु करे बाग र भाउजु राजमती देवी बागले दुव्र्यवहार गरेर घरबाट निकालेको जनाए । चार वर्ष पहिले भीरबाट लडेर अपाङ्ग भएका जयबहादुरले दाइ भाउजुले उपचार नगरिदिएकै कारण अपाङ्गताको जीवन बिताउनु परेको दुःख पोखेका छन् ।
जयबहादुरले दाइ भाउजुले घरबाट निकालेपछि केही दिन छिमेकीको गाईगोठमा बसेको र पछि छिमेकीले न्यायका लागि जिल्लामा जान भनेपछि मात्रै जिल्लामा पुगेको उनको भनाई छ । छोरासँगै आफूलाई समेत घरबाट निकालेको ७३ वर्षकी वृद्धा झंकरी देवी बागले बताएकी छन् ।
जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराका अध्यक्ष सुवास सााउदले जिल्ला अपाङ्ग कल्याण सेवा समिति मार्फत उनीहरुलाई निःशुल्क कानुनी सेवा प्रदान गर्नुका साथै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरिएको जानकारी दिएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.