-->
भारत सँगको खुला सिमानाका कारण नेपाल आतंकबादीहरुको क्रिडास्थल बन्न सक्छ: अमेरिका

काठमाडौं, असार २७- एसियामा आतंकबादी हमला बढे सँगै नेपालमा पनि सुरक्षा सतर्कता अपनाउनुपर्ने आवश्यकता बिज्ञहरुले बताएका छन् ।
भारत सँगको खुला सिमाका कारण अपारधीहरु सहजै नेपाल घुस्न सक्ने चिन्ता एकातिर टडकारो रुपमा छदै छ भने त्यस्ता अपाराधीहरुले खुला सिमानाको फाइदा उठाउँदै अत्याधुनिक र भारतीय लोकल हातहतियार पनि सहजै नेपाल भित्रयाउने गरेको अनुसन्धानले देखाएको छ । भारतमा अपारध गरेर नेपाल प्रवेश गर्ने र नेपालमा अपराध गरेर भारत प्रवेश गर्ने अपराधीहरुको जालो बेलाबेलामा उजागर हुने गरेको छ ।
अमेरिकाले समेत नेपालमा सुरक्षा थे्रट रहेको भन्दै केही समय अगाडि मात्रै सार्वजनिक गरिएको एक रिपोर्टमा अमेरिकी विदेश मन्त्रालयले नेपालका बारेमा भनेको छ - भारत सँगको खुला सिमाना र काठमाडौंमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा प्रणालीका कारण नेपाल आतंकबादीहरुको क्रिडास्थल बन्न सक्छ ।
यता भारतले पनि नेपालको विमानस्थल सुरक्षाको हिसावले सुरक्षित नरहेको बताउँदै आएको छ ।
अर्कातिर दक्षिण एसियामा आतंककारीहरुले मच्चाउँदै लगेको गतिबिधिले नेपाललाई पनि सुरक्षा व्यवस्थालाई मजबुत बनाउन दबाब परेको छ ।
बिज्ञहरु भन्छन् विमानस्थल र सिमानामा सुरक्षा व्यवस्था कडा नबनाईए कुनै पनि दिन ठूलो दुर्घटना हुन सक्छ ।
अन्तर्राष्टिय आतंकारीहरुले नेपाललाई टारगेट नगरेपनि नेपालमा रहेका विदेशीहरुलाई टारगेट गर्न सक्ने रिपोट नेपाल प्रहरीले गृहमन्त्रालयलाई दिइ सकेको रिपोर्ट भन्दै सगरमाथा टेलिभिजनले आफ्नो खोजखवरमा उल्लेख गरेको छ ।
हुनत गृहमन्त्रालयले पनि विमानस्थलमा सुरक्षा व्यवस्था चुस्त पारेको दाबी गरेको छ । गृहमन्त्री शक्तीबहादुर बस्नेतले  विमानस्थलको सरक्षा व्यवस्थालाई थप सुद्रिढ पार्ने योजनामा रहेको बताएका छन् । समाजमा हुने परिवर्तन सँगै सुरक्षा व्यवस्थामा पनि कडाइ तथा परिमार्जन गरिराख्नु पर्ने आवश्यकता रहेको बताउँदै मन्त्री बस्नेतले मुलुकमा सुरक्षा व्यवस्था चुस्त बनाई राख्नका लागि सरकार योजना बद्ध ढंगले अगाडि बढीरहेको बताउँ छन् ।
विमानस्थलमा हुनसक्ने अपराधिक गतिबिधीलाई नियन्त्रण गर्न अध्यागमन विभागले पनि सचेतता अपनाएको जानकारी अध्यागमन विभागका महानिर्देशक केदार न्यूपाने बताउँ छन् । उनले भने -नेपालको विमानस्थल मात्र नभएर विश्वका विमानस्थलहरुमा समेत थे्रट हुन्छ । त्यसैलाई मध्यनजर गर्दै नेपालको विमानस्थलको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.