-->
भारतबाट राजदूतलाई फिर्ता बोलाएका कारण माओवादीले सरकार छाडेको खुलासा

नेकपा (माओवादी केन्द्र)ले भारतका लागि तत्कालिन राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएका कारण सरकार छाडेको खुलासा भएको छ ।
सरकार परिवर्तन र राष्ट्रिय हितविपरित चलखेल गरेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठमा भारतबाट राजदूत उपाध्यायलाई फिर्ता बोलाएको थियो ।
शुक्रबार आफ्नै निवास लाजिम्पाटमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट राजदूत फिर्ता बोलाउने निर्णय गरेको भन्दै सरकार छाडेको बताए ।
सरकारमा सहभागी भएको अर्को महत्वपूर्ण दललाई जानकारी नदिइकन एकलौटी तवरले चल्ने प्रवृत्तिले पनि आफूहरुलाई गम्भीर बनाएको उल्लेख गर्दै भने, ‘भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउनेदेखि अन्य महत्वपूर्ण निर्णय गर्दासमेत हामीलाई एकवचन सोधिएन । जसको आडमा सरकार टिकेको छ उसैलाई वाइपास गर्ने प्रवृत्ति देखियो, त्यो क्षम्य हुन सक्दैन ।’
आफ्नो पार्टी र एमालेबीच नौ बुँदे सहमति भए पनि त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन नगर्ने प्रवृत्ति सरकारमा हावी हुने र जिल्लामा माओवादीकै नेता तथा कार्यकर्ता पक्राउ पर्ने अवस्था आएपछि बाध्यतापूर्ण निर्णय गरिएको उनको भनाइ छ ।
आफ्नो पार्टी अझै पनि एमालेसँग दूरी बढाउने पक्षमा नभएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्रिय मुद्दामा सबै दलको सहमति जरुरी छ ।’
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.