काठमाडौं, २५ असार । विभिन्न माओावादी घटकहरुबीच एकता भएपछि केही उत्साहित देखिएको माओवादी फेरि गाउँ फर्किने भएको छ ।
माओवादी एकता भइ बनेको नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो अर्थात राजनीतिक परिषदको बैठकले पार्टी संगठन निर्माणका लागि पुनः गाउँ फर्किने निर्णय गरेको हो ।
माओवादी केन्द्रको राजनैतिक परिषदको वैठकले “जनताको माओवादी जनताकै घरमा” भन्ने मुल नाराका साथ संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
जनयुद्धकालीन समयमा जनताकै घरमा बसे पनि शान्तिप्रक्रियामा भने माअाेवादी जनताबाट टाढा भएकाे भन्दै फेरि जनताकै घर जाने निर्णय गरेकाे साे पार्टीले जनाएकाे छ ।
पोलिटब्यूरो बैठकले पार्टीको आठौं महाधिवेशन अगामी पुस २३ गतेदेखि २८ गतेसम्म काठमाडौंमा गर्ने पनि निर्णय गरेको छ ।khabardabali


0 comments
प्रतिक्रिया दिनुहोस्...