-->
हामी छिमेकीसँग झुक्ने होइनः बाबुराम

काठमाण्डु, ३० असार– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले राष्ट्रिय सुरक्षाको विषय कुनै दलविशेष, दलभित्र पनि गुटविशेषको विषय बन्न नहुने बताएका छन् ।
रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद् आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीमा उहनले राष्ट्रिय सुरक्षाको विषयमा र राष्ट्रिय सुरक्षा नीति तय गर्दा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
बाह्य रुपमा छिमेकीहरुसँग न त झुक्ने न त चिढ्याउने नीति लिनुपर्ने भट्टराईले बताए । उनले भने, ‘छिमेकीहरुसँग झुक्ने पनि होइन, छिमेकीहरुलाई चिढ्याउने पनि होइन हामी आफ्नो बाटो हिँड्ने हो । देश विकासमा लाग्ने हो ।’
उनले सुरक्षाको विषय गतिशील हुने र अवस्था र परिस्थितिअनुसार सुरक्षा नीति तय हुनुपर्ने बताए । सरकार बनेको एक वर्ष पनि बित्न नपाउँदै सरकार परिवर्तन भइरहने हो भने राष्ट्रिय सुरक्षा कमजोर हुने भन्दै उनले लोकतान्त्रिक राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.