-->
इन्धन लुकाउने धन्दामा फेरि खड्का सक्रिय

नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो खसेर अवरोध भएको बहानमा नेपाल आयल निगमले पेट्रोल पम्पले मागेजति इन्धन बाँड्न छाडेपछि बजारमा पछिल्लो दिनमा इन्धनको चरम संकट पैदा भएको छ ।
आजको जनआह्वान साप्ताहिकमा खबर छ– निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काको योजनामा नै इन्धन संकट निम्त्याइएको स्रोतको दावी छ । निगमले रु ३६ अर्ब ऋण तिरिसकेपछि बोनस बाड्नुपर्ने भन्ने मागलाई सम्बोधन गर्न पनि पछिल्लो दिनमा इन्धन संकट निम्त्याइएको हो ।
निगममा नआउने र राजधानीमा विभिन्न होटल तथा रेष्टुरामा बसेर निगम डुबाउने धन्दामा खड्का लागेका भएपनि आपूर्ति मन्त्री गणेशमान पुनले समेत थाहा नपाएको जसरी बसिरहेका छन् । इन्धन संकट किन भयो, समाधानको उपाय के हो भन्ने बारेमा हालसम्म आपूर्ति मन्त्रीले जनतालाई सामान्य जानकारी दिने प्रयास समेत गरेका छैनन् ।
राजधानीमा इन्धन संकट निम्त्याएर त्यसको नाटकिय समाधान गर्ने लक्ष्यका साथ खड्का लागिपरेको बताइन्छ । उनले तालुकदार मन्त्रालयलाई जानकारी नै नदिइकन इन्धनको संकट निम्ताउन हल्ला चलाइएको स्रोतको दावी छ । विभिन्न शक्ति केन्द्रको आडमा निगमलाई धारासायी बनाउँदै आएका खड्का पछिल्लो दिनमा सरकारसँग निहु खोज्ने उपयुक्त मौकाको खोजीमा थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.