-->
युरेनियम अन्वेषण : ‘मन्त्रीले हल्ला गर्दा सुरक्षा चुनौती’

विश्वमै ‘रणनीतिक’ महत्वको खनिज मानिने युरेनियम खानी नेपालमा पाइएको विषयमा सरकारका बहालवाला मन्त्री र बरिष्ठ अधिकारीले गोप्ता मंग गरेकोमा सुरक्षाविदले आपत्ति जनाएका छन्। नागरिक दैनिकमा समाचार छ।
राज्इले गोप्यरुपमै अन्वेषण र अनुसन्धान गर्नु पर्ने विषयमा जिम्मेवार अधिकारीबाटै प्रचार गरिन दीर्घकालीन रुपमा सुरक्षा चिन्ताको विषय बन्ने उनीहरुको भनाई छ। सुरक्षा प्रबन्ध कमजोर रहेको स्थानमा युरेनियमका विकीरण फेला परेको भरमै सार्वजनिक गरिनुले उल्टै समस्या थप्ने सुरक्षाविद् बताउँछन्।
पूर्व प्रधानसेनापति रुकमाङ्गत कटुवालले राज्इले सम्बन्धित मन्त्रालय र अधिकारीलाई मात्र जानकारी गराउने विषयमा हल्ला गर्नु उचित नभएको बताए। अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण मानिने युरेनियम यहाँ भेटियो, यति छ, यसो गर्दैछौ्र भन्नु गलत भएको कटवालले जनाए।
‘स्टेटले अति गोप्य राखेर अनुसन्धान अन्वेषण गर्नु पर्ने हो, यसले सुरक्षा चुनौती थपिन सक्छ, सम्बन्धित अधिकारी र मन्त्रालयलाई मात्र जानकारी गराउनुपर्छ,’ पूर्व प्रधानसेनापति कटवालले भने।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.