-->
एक युवकले लगाए श्रीमती र सासुलाई बालविवाहको मुद्दा, श्रीमती भन्छिन् श्रीमानले बलात्कार गर्न खोज्यो

साउन-१, आफूलाई कम उमेरमै बिबाह गरेको भन्दै एक युवकले बिबाह गरेको १० महिना पछि सासु र श्रीमती बिरुद्द मुद्दा हालेका छन । युवकले आफू नाबालिक हुंदा हुदैं श्रीमती र सासुले जबरजस्ती बाल विवाह गराएको भन्दै मुद्दा हालेका हुन । युवकका अनुसार उनी विवाहका बेला मात्र १६ वर्षका थिए । जबकि उनकी श्रीमती १८ वर्षकी छन् ।
समाजिक सन्जाल फेसबुकको माध्यम बाट भएको परिचय बिस्तारै प्रेम संबन्धको रुपमा झांगिए पछि दुबैको परिवारको सहमतीमै उनिहरुको मागि बिबाह भएको हो । युवकका अनुसार उनको उमेर थाहा हुँदाहुँदै युवती र उनकी आमाले जबरजस्ती विवाह गराएको आरोप छ भने उता युवतीले श्रीमानले आफुमाथी जबरजस्ती गर्ने कोशिस गरेको आरोप लगाएकी छन् ।
२० सेप्टेम्बर २०१५ मा बिबाह बन्धनमा बांधिएका दिल्लीको अशोक बिहार फेज ३ निवासी सोनु र संगीता (नाम परिवर्तित ) बिच अनमेल बढेसँगै उनिहरुले अदालतको सहार लिएका हुन । यसैबिच घटनाको संवेदनशीलतालाई ध्यानमा रखेर प्रहरीले विभिन्न पक्ष्बाट घटनाको जाँच गरिरहेको समेत जनाएको छ। अनुसन्धानमा संलग्न सुनिल कुमारले भने–अहिले घटनाको छानविन भइरहेको छ । यदि युवकको आरोप सही सावित भए उनका परिवारजनमाथि पनि मुद्दा चलाइनेछ । - एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.