साउन १, पाकिस्तानी मोडल कन्दिल बलोचको उनकै भाइले गोली हानेर हत्या गरेको छन् ।
पञ्जाव प्रहरीका प्रवक्ता नबिल गन्जफरले बलोचलाई उनकै भाइले गोली हानेर हत्या गरेको जनाएका छन् । बलोचलाई पाकिस्तानको किम कादरशिन मानिन्थ्यो ।
बलोच केही समयअघि एक धर्मगुरुसँगको सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरेपछि चर्चामा आएकी थिइन् । मुस्लिम धर्मगुरु मुफ्ती अब्दुल कवीसँगको सेल्फीले पाकिस्तानमा हंगामा मच्चिएको थियो ।
उनी समाजिक सञ्जालमा विभिन्न गतिविधिका कारण चर्चामा आउने गरेकी थिइन । उनले भारतीय अभिनेता इमरान खान तथा क्रिकेटर विराट कोहलीप्रति आफ्नो प्रेमप्रस्ताव खुलेआम राखेकी थिइन् ।
उनले गएको मार्चमा भारतमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप अघि पाकिस्तानले भारतलाई हराएमा स्ट्रिप डान्स कपडा फुकालेर गरिने नृत्य गर्ने घोषणा गरेकी थिइन् । तर पाकिस्तान हारेपछि उनको कुरा घोषणामै सीमित भएको थियो ।
२५ वर्षकी बलोच पाकिस्तानको पहिलो समाजिक सञ्जाल रेलिब्रेटी हुन् । पाकिस्तानमा बलोचको भिडियो धेरै हेरिन्छ । उनी आफै भिडियो बनाएर इन्टरनेटमा राख्ने गर्छिन् । एजेन्सी


0 comments
प्रतिक्रिया दिनुहोस्...