-->
नक्कली फेसबुक बनाएर अस्लिल तस्बिर र भिडियो राख्ने महिला पक्राउ

महिलाको फेक फेसबुक आइडी बनाएर अस्लिल फोटोहरू पोष्ट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
सुर्खेत भेरीगंगा न.पा. वडा नं. १४ की गंगा चन्द ठकुरीलाई प्रहरीले महिलाको फेक फेसबुक आइडी बनाएर अश्लिल फोटोहरु पोष्ट गरी आफन्त तथा साथीभाईहरु समेतलाई ट्याग गरेको भन्दै पक्राउ गरेको हो।
सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको निवेदनका आधारमा प्रहरीले ‍२७ वर्षीया गंगा चन्द ठकुरीलाई शनिबार प्राउ गरेको हो।
ठकुरीलाई विद्युतीय कारोवार सम्बन्धी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.