एजेन्सी । बलीउड अभिनेताहरु बिच जुहारी चल्नु सामान्य कुरा हो । तर पछिल्लो समय बलीउड अभिनेताद्धय सलमान खान र रणविर सिंहबिच यतिबेला पानी बाराबारको अवस्था नै सृजना भएको छ । अझ सलमानले रणबिरलाई आफ्नो रिस पोख्दै रणवीरको टाउकोमा कुर्सीले हान्न चाहन्छु भनेपछि यो खबर मिडियामा भाइरल नै बनेको छ ।
यो प्रसंग सलमानको फिल्म सुल्तानमा रणबिर नाचेपछि सुरु भएको हो । जब रणबिरले सुल्तानको ‘वेवीको वेस पसन्द हे’ बोलको गीतमा नृत्य गर्दै गरेको भिडियो सार्वजनिक भयो त्यसपछि सलमान खुशी हुनुको सट्टा उनी रणबिर माथी नै जाइलागे । सलमानलाई रणबिरको नृत्य मन नपरेपछि उनले त्यस्तो आक्रामक अभिब्यक्ति दिएका हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...