-->
कांग्रेस–माओवादीले दिल्लीमा यस्तो सम्झौता पो गरेका रहेछन्, भीम रावलले गरे नयाँ खुलासा !

काठमाण्डु, ३ साउन– उपप्रधान एवम् रक्षामन्त्री/गृहमन्त्री भीम रावलले कांग्रेस–नेकपा माओवादी केन्द्रका नेताहरुले दिल्लीमा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न षडयन्त्र गरेको कुराको खुलासा गरेका छन् ।
सोमबार रिपोर्टस क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको खुलासा गरेका हुन् । कार्यक्रममा उनले भने, ‘त्यही दिल्ली बैठक अनुसार कांग्रेस र माओवादी केन्द्रका बीचमा ७ बुँदे सम्झौता भई अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।’
कार्यक्रममा मन्त्री रावलले भने, ‘दिल्लीमा पुगेर गोप्य बैठक गर्ने कांग्रेस र माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका छन्, हामी यसको डटेर सामाना गर्छौं ।’
साक्षात्कारमा उनले प्रमुख राजनीतिक दलहरुबीच अर्को निर्वाचन नभएसम्म अहिलेनै सरकार रहिरहने सहमति भएको उल्लेख गर्दै भने,‘आफैंले गरेको सहमति आफैं उल्लंघन गर्ने अनि हामीलाई नैतिकताको पाठ पढाउने काम माओवादी केन्द्रले नगरोस्, नेकपा एमाले सहमतिको पक्षमा छ, यसबाट विचलित भएको पनि छैन र हुँदैन पनि ।’ वर्तमान सरकार देश र जनताको पक्षमा दृढ रहेको भन्दै सोहीअनुरुप निर्णय लिने उनको दाबी छ ।
संविधान जारी गर्दाको बखतमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले, तत्कालीन एमाओवादी र फोरम लोकतान्त्रिकबीच सहमति भएर नै अर्को निर्वाचन नहुँदासम्म सरकारको स्थायित्वको आवश्यकत्ता महसुस गर्दै नयाँ संविधानको धारा २९८ मा प्रधानमन्त्री चयनसम्बन्धी स्पष्ट व्यवस्था गरेको मन्त्री रावलले बताए ।
उनले थपे, ‘मुलुकमा स्थायित्व नचाहनेहरुले संविधानको मनलाग्दी व्याख्या गर्ने काम गरेका छन्, सहमतिबाट कांग्रेस र माओवादी पछि हटेको कुरा जनतालाई राम्रोसँग थाहा छ, त्यसैले संविधानको धारा २९८ अनुसार बन्नै सक्दैन् ।’
सरकार अल्पमतमा परिसक्दा पनि राजीनामा नदिएर प्रधानमन्त्रीले निरंकुशतन्त्र निम्त्याउन खोजेको आरोप छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘हामी संविधान र संसदीय व्यवस्थाले देखाएको बाटोबाट एक इन्चपनि तलमाथि हुँदैनौं, मुलुकमा द्धन्द्ध निम्त्याउने रहर एमालेलाई छैन ।’
यद्धपि, उनले सरकारको अघि धेरै विकल्पहरु रहेको दाबी गरे । उनले थपे,‘जनतालाई धोका नहोस् भनेरै नै हामीले ठिक बाटो पहिल्याउन कानुनविदहरुसँग परामर्श थालेका छौं, अविश्वासको प्रस्तावको सामना गर्नुको विकल्प सरकारसँग छैन ।’
आश्रित विधेयक पारित गर्नेवारे प्रधानमन्त्रीसँग छलफल गरेर सभामुखले बैठक तोेकेपनि अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकारलाई थाहै नदिई बैठक स्थगितबारे सूचना टाँस गरेकोप्रति गुनासो पोख्दै उनले भने,‘सभामुखले नियामावली मिच्न मिल्छ ?, एमालेले यसबारे साउन ६ गते संसदमा जवाफ माग्छ, त्यसको जवाफ नदिएसम्म एमालेले संसद चल्न दिँदैन् ।’
उनले आफैले सहमति गरेर नीति तथा कार्यक्रम र बजेट ल्याएको पार्टीले प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरेर हाँस्यस्पद काम गरेको टिप्पणी गरे ।
नेकपा एमालेको नेतृत्वमा रहेको वर्तमान सरकारले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै उनले भने,‘नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै मुलुको हित हुने काम एमालेको नेतृत्वको सरकारले गरेको छ, सरकारले केही काम गरेन भन्नु लज्जास्पद हो ।’
नेकपा एमालेले मधेशको मुद्दाप्रति संवेदनशील रहेको तर्क गर्दै भने,‘मधेशमा ९९.९९ प्रतिशत जनता देशभक्त छन्, बाँकी प्रतिशतले मात्रै हो टेलिभिजनमा अन्र्तवार्ता दिएर खुलेआम म अर्को देशको लागि सूचना दिन्छु भन्ने पनि छन्, मधेशमा बाढी पहिरो र आपत्त विपत्ति हुँदा ती मानिसहरु एक शब्दपनि बोल्दैनन् ।’
ओलीले पानीजहाज ल्याउने, हावामै विजुली निकाल्ने कुरा गरेर जनतालाई भ्रम छरेका छन् नि भन्ने प्रश्नमा उनले भने,‘म प्रधानमन्त्री भएको भए त यो भन्दापनि बढि विकासको कुरा अनि विज्ञान र प्रविधिसंगत कुरा गर्थें होला, यो त विकास नचाहानेहरुले गर्ने टिप्पणी मात्रै हो ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.