एजेन्सी । विश्वमा अनेकौं चिज अचम्मका छन् की त्यसको बारेमा सुन्यौं भने पनि हामी जिब्रो टोक्न बाध्य हुन्छौं । विश्वमा यस्ता अनौठा अत्तरको बारेमा सुन्नुभयो भने पनि तपाईले पक्कै जिब्रो टोक्नुहुन्छ ।
मकैः हो ,Demeter नाम गरेको एउटा अत्तर ब्राण्डले महिला र पुरुष दुवैको लागि मकैको बासना आउने अत्तर सार्वजनिक गरेको छ । यसले सिनेमाहलमा आउने पपकर्नको जस्तै बासना दिने दावी गरेको छ ।
बर्गर किंगः एउटा अमेरिकन बर्गर ब्रान्डले ‘Flame’ ’ नामको परफुयुम को एक सिरीज नै निकालेर सबैलाई दंग पारेको थियो । २००८ मा रु ४५० को प्राइस ट्याग सहित यसलाई लन्च गरेको थियो । कम्पनीले यसलाई हल्का भुटेको माटोको बासना मिसाएर प्रस्तुत गरेको थियो । ब्रान्डले आफ्नो आफ्नो बर्गरको बास्नालाई प्रख्यात बनाउन यो परफ्युम बजारमा ल्याएको थियो ।
भांगः Cannabis Santal Eau de Parfum को अनुसार यसमा काठको बास्ना मिसाइएको छ जुन एउटा सानो बोतलमा आउँछ । यो आर्कषकका साथै यसमा चकलेट, भेनिला जस्ता बास्ना पनि मिसाइएको हुन्छ । यसको बास्नाले भांगले लाग्ने नसा जस्तै महसुस हुन्छ ।
ग्यारेजः Comme des Garcons नामको एक ब्रान्डले यो बास्नाको साथमा Series Six Synthetics लाई सार्वजनिक गर्यो । केही नयाँ गर्ने उदेश्यले यो कम्पनीले ग्यारेजमा पाइने सामानलाई मिसाएर पर्फ्युम बनायो । जसमा मट्टितेल, पलास्टिक, एल्डिहाइट जस्ता बास्नाको प्रयोग गर्यो ।
योनीः यो निकै अनौठो छ । यो परफ्यूम कसरी बन्यो होला यो भन्न त सकिँदैन । यसको मुल्य करिब ४ हजार रुपैया पर्छ । कम्पनीले आफ्नो हातमा एक थोपा लगाएर सुँघेर आनन्द महसुस गर्न लगाउँछ । यो कति अनौठो छ ।
पसिना, थुक, रगत र वीर्यः एक फ्रेन्च कम्पनीले नामबाट यो परफ्यूम सार्बजनिक गरेको थियो । जसको बासना ती माथिको जस्तो आउँथ्यो । यसको उत्पादन पनि आनन्द दिने उदेश्यले बनेको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...