-->
मालिकको प्रतिक्षामा सिंगो जीवन समर्पण गरेको बफादर जापानी कुकुर हाचिको र आकिता क्षेत्र

जापानको आकिता क्षेत्रको ओदातो शहर आकिता इनुको नामको विशेष जातको कुकुरको लागि प्रख्यात मानिन्छ। कियोको शिबुया स्टेशनमा तीनै जातको एउटा अत्यन्त बफादार कुकुर हाचिकोको सम्मानमा मुर्ति समेत बनाइएको छ।
शिबुया स्टेशन नजिकै बनाइएको बफादार कुकुर हाचिकोको शालिक भएको स्थानलाई मानिसहरु विशेष भेटघाटको स्थलको रुपमा लिने गर्दछन् ।
विश्वभरीका मानिसले किन हाचिकोलाई बफादार कुकुरको रुपमा लिन्छन् ?
सन् १९२४ मा टोकियो विश्वविद्यालयका कृषि संकायका प्रोफेसर हिडेसाबुरो उएनोले गोल्डेन ब्राउन रंगको आकितालाई घरमा राख्ने गरि ल्याएका थिए ।
पछी प्रोफेसरले त्यहि अकितालाई हाचिको नाम दिएका हुन् । प्रोफेसर विश्वविद्यालय बाट फर्किंदा हाचिको आफ्नो मालिकलाई शिबुया स्टेशनमा पर्खिरहेको हुन्थ्यो ।
हरेक दिन घाम, पानी नभनी हाचिको आफ्नो मालिक प्रोफेसरलाई दिन दिनै स्टेशन लिन जाने गर्थ्यो । तर सन् १९२५ मे महिनामा विश्वविद्यालयमै अकस्मात प्रोफेसरलाई मष्तिस्कघात भयो र उनी कहिल्लै फर्किएनन् ।उता प्रोफेसरको अकस्मात मृत्यु हुन गयो भने यता प्रोफेसरको प्रतिक्षामा हाचिको रेल स्टेशनमा पर्खेर बसिरह्यो ।
प्रोफेसरको मृत्यु भएको ९ वर्ष ९ महिना १५ दिन सम्म पनि हाचिकोले आफ्ना मालिकलाई त्यहि रेल स्टेशनमा पर्खिएर बसिरहेका थिए ।
हाचिकोले आफ्नो सिंगो जीवन मालिकको प्रतिक्षामा बिताईदिए । स्टेशन वरिपरी हाचिकोलाई पर्खिरहेको देख्दा सुरुमा मानिसहरुले खासै ध्यान दिएका थिएनन् ।
मानिसहरु लाई हाचिको किन स्टेशनमा आएर बसिरहेको छ कसैलाई थाहा पनि थिएन र कसैले वास्ता पनि गरेका थिएनन् । तर एक दिन अर्थात १९३२ अक्टोबर ४ तारिकका दिन जापानको प्रख्यात दैनिक पत्रिका असहि शिमबुनमा हाचिकोको जीवन कहानी र मालिक प्रतिको बाफादारिताको कथा छापियो ।
हाचिकोको त्यो जीवन काहानी रातारात विश्वभरी प्रख्यात बन्न पुग्यो । त्यसपछि हाचिकोलाई खोज्दै सामान्य जनता देखि, जापानका नगर प्रमुख, नेता, विदेशी पत्रकारहरु आउन थाले ।
मालिकको प्रतिक्षामा दिनरात भोकै भोकै हिडीरहेका हाचिकोलाई मानिसहरुले खानेकुरा दिन थाले । हाचिकोलाई सबैले माया गर्न थाले ।सबैले हाचिकोलाई सम्मान व्यक्त गर्न थाले ।
कसैले हाचिकोलाई आफ्नै निवासमा पनि लैजाने प्रयास गरे । हाचिकोलाई जहाँ पुर्याए पनि मालिकको प्रतिक्षामा स्टेशनमा आईहाल्थ्यो ।
हाचिको र प्रोफेसर
हाचिको नमरिन्जेल आफ्नो मालिकको प्रतिक्षामा बसिरह्यो । हाचिकोलाई उसको मालिकको बारेमा मानिसहरुले तेरो मालिक मरिसक्यो अब आउंदैन पनि भने तर हाचिकोले त्यो जवाफ बुझ्नै सकेन ।उसले मालिकको प्रतिक्षा गरिरह्यो ।
प्रतिक्षा गर्दा गर्दै हाचिको बुढो भयो र मर्यो पनि तर उसले हरेश खाएन बफादारिताको धर्म निभायो । हाचिकोको बफादारिताको बारेमा विश्वभरी हजारौ लेखहरु लेखिए ।पुस्तकहरु पनि लेखिएका छन् । उनको सम्झनामा हाचिको नामक चलचित्रको पनि निर्माण गरिएको छ ।
त्यहि बफादार कुकुर हाचिकोको सम्मानमा जापान सरकारले मालिकलाई पर्खिरहेको शिवुया स्टेशनमा हाचिकोको शालिक बनाएको छ ।
जहाँ हाचिकोलाई मानिसहरुले दैनिक आएर सम्मान गर्छन् । हाचिकोको शालिकमा दैनिक हजारौं फूलमालाहरु, कार्डहरु चढाईएको हुन्छ ।
हाचिकोको बारेमा तयार बनाईएको डकुमेन्ट्री


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.