एजेन्सी– चीनका एकजना वरिष्ठ कुटनीतिज्ञले आफ्नो मुलुकले दक्षिण चीन सागरको एक सेन्टीमिटर क्षेत्र पनि नछाड्ने कुरामा जोड दिएका छन् । केही दिनअघि हेगस्थित अन्तर्राष्ट्रिय अदालतले गरेको फैसलाले चीनमाथि अन्याय गर्न खोजेको संकेत गर्दै वरिष्ठ कुटनीतिज्ञ याङ जिसीले सो कुरामा जोड दिएका हुन् ।
कुटनीतिज्ञ याङले मुलुकको सम्प्रभुताको मामलामा चीनले यो अडान लिने कुरा प्रस्ट पारे । चिनियाँ विदेश मन्त्रालय अन्तर्गतको एक बैठकमा शुक्रबार उनले भनेका छन्, ‘चीन निकै ठूलो देश हो, दक्षिण चीन सागर हाम्रा पूर्खाहरुको विरासतसँग जोडिएको ठाउँ हो, त्यसकारण यो क्षेत्र चीनले एक सेमी पनि छोड्न सक्दैन ।’
चीनसँग जोडिएको यो विवादस्पद क्षेत्रसँग वरिपरिका मुलुकहरु फिलिपिन्स, मलेसिया, भियतनाम, ब्रुनाई लगायतका देशहरु जोडिएका छन् । केही दिन अघिको अन्तर्राष्ट्रिय अदालतको फैसला भने फिलिपिन्सले गर्दै आएको दाबी अनुसार गरिएको थियो ।
त्यसयता, चीनले आफ्नो मुलुकको सम्प्रभूतामाथि आक्रमण सुरु भएको भन्दै आक्रमक अभिव्यक्ति दिदै आएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...