-->
दिउँसै आकाशबाट भयो माछाको वर्षा, टिप्नेको घुँइचो

एजेन्सी– तपाईंले आकाशबाट पानीसँगै असिनाको वर्षा भएको देख्नुभएको होला । तर, भारतको मुम्बई–पुणे हाइवेमा दिउँसो माछाको वर्षा भएको छ ।
सडकमै माछाको वर्षा भएपछि त्यसको फोटो र भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । तस्बिर र भिडियोमा मानिसहरु सो सडकखण्डमा माछा पकड्न ब्यस्त देखिन्छन् ।
भारतीय संचार माध्यमका अनुसार केयौँ किलोमिटरसम्म यसरी माछाको वर्षा भएको थियो । यसरी सडकमा देखिएको माछा उठाउनका लागि त्यहाँ लामो जाम लागेको थियो । सडकमा यात्रा गरिरहेका यात्रु तथा गाडीवालले सवारीबाट उत्रिएर माछा टिपेका थिए ।
मानिसले खिचेको भिडियो र फोटो सामाजिक संजालमा भाइरल भएता पनि यसको स्थानीय प्रशासनले अझै पुष्टी गरेको छैन ।
यो घटना पहिलोपटक भने भएको होइन । विश्वका कैयौँ स्थानमा माछाको वर्षा हुने गर्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.