-->
फार्मेसीमा खुलेआम लागुऔषधको बिक्री

डाक्टरहरुको सिफारिसविना फार्मेसीहरुले खुलेआम लागुऔषधको कारोबार गर्ने गरेको भेटिएको छ।
औषधी व्यवस्था विभाग, आपूर्ति व्यवस्था विभाग तथा उपभोक्ता हित संरक्षण मञ्चले संयूक्त रुपमा गरेको अनुगमनका क्रममा खुलेआम लागु औषधको बिक्री हुने गरेको भेटिएको हो।
धापासीस्थित ग्राण्डीअस्पतालको बाहिरपट्टि रहेको शुभदीप फार्मेसीले खुलेआम जेडओडीआईए ०.२५ नामको लागु औषधको बिक्री गर्ने क्रममा टोलीले रंगेहात पक्राउ गरेको हो।
परीक्षणका क्रममा टोलीकै एक सदस्यलाई सो औषधिको नाम दिई खरिद गर्न लगाइएकोमा फार्मेसीले सहजै २० रुपैयाँ लिई औषधि दिएको थियो।
डाक्टरहरुको सिफारिसविना फार्मेसीहरुले कसैलाई पनि यस्ता लागु औषध बिक्री गर्न पाउँदैनन् भने सिफारिसको प्रतिलिपी समेत सुरक्षित राख्नुपर्दछ। खुलेआम लागू औषध बिक्री गरेको पाइएपछि टोलीले सो फार्मेसीलाई सिलबन्दी गरेको छ।
सुस्मिता थापाको नाममा सो फार्मेसी दर्ता रहेको छ। सो क्रममा उसले ‘रन फार्मेसी’को नाममा बिल काट्ने गरेको पाइएको थियो।
बद्री पाण्डेले २ वर्षअघि स्वयम्भूमा रन फार्मेसी संचालन गरेको र अहिले सो फार्मेसी बन्द रहेको अध्ययनका क्रममा फेला परेको छ। शुभदीप फार्मेसीलाई पनि रन फार्मेसीकै नामबाट चलाउने तयारी भएको संचालकले बताए। यद्यपी रन फार्मेसीको नाममा भने कुनै पनि डकुमेन्ट फेला परेन।
शुभदीप फार्मेसीलाई सिलबन्दी गर्दै टोलीले ३ दिनभित्रमा सम्पूर्ण कागजात जुटाएर औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.