काठमाण्डु, ३ साउन– नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएपछि हाल केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा छ ।
समर्थन फिर्ता सँगै माओवादीले कांग्रेससँग मिलेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ र ६ गतेदेखि त्यसबारे संसदमै छलफल प्रारम्भ हुँदैछ । यस्तोमा विपक्ष कसरी नयाँ सरकार गठन गर्न सकन्छ भन्ने र सत्तापक्ष कसरी यही सरकार टिकाइराख्न सकिन्छ भन्नेमा केन्द्रीत छन् । उनीहरुले संविधानमा रहेको सरकार गठनको व्यवस्थाबारे समेत कानुनविद्सँग छलफल गरिसकेका छन् ।
सदनमा अविश्वासको प्रस्तावको सामना गर्ने समय नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माअोवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छलफलका लागि बोलाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार अविश्वासको प्रस्तावले सरकार गठन हुने नहुने भन्ने दुईथरी मत आइरहेका बेला यसबारे सल्लाह गर्न प्रधानमन्त्रीले उनीहरुलाई बालुवाटार बोलाएका हुन् ।
उनले काठमाण्डु टुडेलाई दिएको जानकारी अनुसार साझ सात बजे अविश्वासको प्रस्ताव र नयाँ सरकार निर्माणका लागि संवैधानिक व्यवस्था छ या छैन भन्ने विषयमा छलफल हुनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...