-->
महिलालाई डिप्रेसन भएको कसरी थाहा पाउने ?

एजेन्सी । आजभोलीको व्यस्त जीवनमा सबै व्यक्तिहरु तनाबमा रहने हुनाले डिप्रेसनको शिकार हुनसक्छन् । यदि हामी घरेलु महिलाको कुरा गर्दछौँ भने उनीहरुमा यो सम्भावना प्रबल रहन्छ । उनीलाई घरको काम, बालबालिको हेरचाह तथा पढाई र कार्यालयीय काम हेर्नुपर्ने हुन्छ जसले गर्दा आनन्दको समय उनीहरुसँग हुँदैन जुन डिप्रेसनको कारण बन्नेगर्छ । तल केही लक्षण दिइएको छ जसले महिलामा डिप्रेसन भएको थाहा पाउन सकिन्छ ।
१. अत्याधिक या कम खाना डिप्रेसन भएका महिलाहरु या त अत्याधिक खाना खाने गर्दछन् या त धेरै कम खाने गर्दछन् । अत्याधिक धेरै खानु या कम खाना खानु दुबै स्वास्थ्यका हिसाबले राम्रो मानिँदैन । यो महिलामा डिप्रेसन भएको लक्षण हो ।
२. निन्द्रामा गडबडि डिप्रेसन र निन्द्रा एक अर्कामा सम्बन्धीत बिषय हुन् बिषेशगरी महिलाहरुमा यो प्रभाव ज्यादा रहन्छ । डिप्रेसनमा भएका महिलाहरु एकदमै कम सुत्ने या अत्याधिक सुत्ने प्रकृतिका हुन्छन् ।
३. मुड बदलिनु डिप्रेसनमा भएका महिलाहरुमा मुडस्विङको समस्या हुने गर्दछ । छोटो समयमा नै मुड परिवर्तन हुने समस्या अत्याधिक रहन्छ । मुडमा आउने परिवर्तनले उनीहरुमा नै घबराहट सुरु हुन्छ ।
४. अरुची महिलामा डिप्रेसन हुनुले खानामा अरुची त हुन्छ नै सँगै आफू र आफ्नो आसपास रहेका बस्तु तथा व्यक्ति साथै नियमित काममा पनि अरुची पैदा गर्दछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.