-->
दाहाललाई ओलीको प्रस्ताव-हाम्रो समर्थनमा तपाईँ प्रधानमन्त्री

संसदमा सबैभन्दा ठूलो दल कांग्रेसलाई सत्ता बाहिर राख्न एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको रणनीतिक प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन्।
आफ्नो नेतृत्वमा सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि अफ्ठेरोमा परेका प्रधानमन्त्री ओलीले नौ महिनाका लागि समर्थन गर्ने प्रस्ताव दाहालले अस्वीकृत गरेको खबर आजको अन्नपूर्णमा रेवती सापकोटाले लेखेका छन्।
स्रोतका अनुसार शान्ति प्रक्रियाका बाँकी काम कारबाही दाहालको नेतृत्वमा गर्ने र निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा गराउने समझदारी कांग्रेस र माओवादी केन्द्रबीच भएपछि आफू सत्ता बाहिर रहने अवस्था आउन नदिने ओलीले दाहाललाई त्यस्तो प्स्ताव पठाएको स्रोतले बतायो।
‘कांग्रेसले जस्तो हामी पनि तपाईँसँग लिखित सहमति गर्न तयार छौ, भनेर एमालेबाट प्रस्ताव आएको थियो, यो प्रस्तावलाई मैले ढिलो भइसक्यो भनेर पठाइदिएँ, दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.