काठमाडौं, २ साउन । नेपालको राजनीतिमा भारतको हस्तक्षेप रहने गरेको कुरा नौलो होइन । तर, अहिले नेपालको राजनीतिमा उत्तरी छिमेकी चीनको पनि चासो र सक्रियता बढेको केही भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । ओली सरकार ढालेर नयाँ सरकार बनाउन भारतको कुनै भूमिका नरहेको तर यस कार्यमा चीनको भने सक्रिय भूमिका रहेको भारतीय सरकारका उच्च स्रोतलाई हवला दिँदै द हिन्दू डटकमले समाचार सम्प्रेषण गरेको छ ।
भारतीय हस्तक्षेपको खुलेर विरोध गर्दा भारतको इच्छामा नेपालका नयाँ सरकार गठन हुन लागेको चर्चाका बीच द हिन्दूले उल्लेख गरेको छ, ‘ओली सरकारलाई बचाउन भारतीय होइन, चिनियाँ अधिकारीहरुले नेपालमा सबै पार्टीलाई भेटिरहेका छन् ।’ भारतीय अधिकारीले संसदमा बहुमत गुमाएपनि प्रधानमन्त्री ओली सरकारमा बसिरहन चाहेको बताएका छन् । समाचारमा उल्लेख गरिएको छ, ‘ संसदमा बहुमत गुमाए पनि ओलीले सत्तामा बसिरहन चाहेका छन् । र, नेपालमा चिनियाँ हस्तक्षेप भएको छ र उनीहरुले संसदमा बहुमत पुर्याउने कोशिश गरिरहेका छन् ।’
ओलीको राष्ट्रवादको नारामा विभेदपूर्ण रहेको र नेपालको समस्या समाधानमा चीनले हस्तक्षेप गरिरहेको ती भारतीय अधिकारीले बताएका द हिन्दूले जनाएको छ । उनको भनाइ उद्धृत गर्दै द हिन्दू लेख्छ, ‘ओलीको राष्ट्रवाद भनेको पहाडका मानिस मात्र होइन, मधेसीका दुई तिहाइ मात्र होइन, ती तीन चौथाई माग नै पूरा गर्न सकिन्थ्यो । ओलीले यसबारे काम गर्न पनि चाहेका थिए । तर, चीनले हस्तक्षेप गर्यो ।’
उक्त समाचार सत्य हो भने एक देशको हस्तक्षेप अन्त्य गर्ने क्रममा अर्काे देशको निम्त्याउनु महामूर्ख हुनेछ । यस तर्फ नेपालका राजनीतिक दलका नेताहरु सजग र सचेत हुनु आवश्यक छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...