-->
मेस्सीको आँखामा आँसु देख्न सकेनन् रोनाल्डोले

असार २१ – क्रिष्टियानो रोनाल्डोले लियोनल मेस्सी रोएको देख्न नसक्ने बताएका छन् । रोनाल्डोले अर्जेन्टिनाका मेस्सीलाई राष्ट्रिय टिममा फर्किन आग्रह गर्दै मेस्सीलाई पीडामा देख्दा आफूलाई दुःख लाग्ने बताएका हुन् ।
युरोकप फुटबलमा वेल्ससँग सेमिफाइनलको तयारीमा रहेको पोर्चुगलका कप्तान
रोनाल्डो ले मेस्सीलाई अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किन आग्रह गर्दै भने ‘लामो समयसम्म मेस्सी आँसुको बाढीमा रहेको देख्दा मलाई राम्रो लाग्दैन ।’ मेस्सीले कोपा अमेरिका अन्तर्गत चिलीसँगको फाइनलमा पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । चिलीसँगको हारपछि मेस्सीले अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।
रोनाल्डोले भने ‘पेनाल्टीमा गोल गर्न नसक्दैमा कुनै पनि खेलाडी नराम्रो हुँदैन । मेस्सीले किनै कठिन निर्णय लिएका छन् । यो कुरा मानिसले बुझेका पनि छन् । उनले यो निर्णय लिनुमा हार वा निशारा कारण हो जस्तो लाग्दैन । म मेस्सीले अर्जेन्टिनाबाट खेलेको हेर्न चाहन्छु ।’ मेस्सीमाथि राष्ट्रिय टिममा फर्किन चौतर्फी दबाब परेको छ । रोनाल्डोले भने ‘मेस्सीका आँखामा आँसु देख्दा दुःख लाग्छ, आशा छ उनी राष्ट्रिय टिममा फर्किने छन् ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.