
मुसाको छोरी मुसाले नै बिहे गर्छ भनेको सुनेर एउटा मुसालाई सारै रिस उठेछ। उसले सोधेछ संसारको सबै भन्दा ठुलो को हो ? म उसलाई नै छोरी दिन्छु। सबैले सुर्य भनेछन। अनि छोरी दिन मुसा सुर्य कंहा गएछ, मुसाको कुरा सुनेर सुर्यले भनेछन, म भन्दा ठुलो त् बादल हो, बादलले टम्म ढाके पछि म पृथिबी सम्म पुग्नै सक्दिन, मेरो केहि सिप चल्दैन म भन्दा ठुलो मेरो लागि बादल हो। सुर्यको यस्तो कुरा सुनेर छोरी दिन मुषा बादल कंहा पुगेछ , बादलले मुसाको कुरा सुनेर भनेछन, म भन्दा ठुलो त् हावा हो, हावा चले पछि मलाइ उडाएर कता पुराउछ पुर्याउछ, मेरो केहि लाग्दैन त्यसैले हावालाई छोरी दिनु।
बादलको कुरा सुनेपछि मुसा हावाकाेमा गएछ। हावाले भनेछन म भन्दा ठुलो त् पहाड हो , म जति चले पनि पहाडमा गएर ठोकिए पछि मेरो केहि लाग्दैन त्यशैले छोरी पहाडलाई दिनु। हावाको यस्तो कुरा सुनेपछि छोरी दिन मुसा पहाडमा गएछ , पहाडले भनेछन म जति बलियो भए पनि मुसाले दुलो पारेर मलाइ लडाइ दिन्छ, मलाइ छिया छिया पारिदिन्छ। त्यशैले छोरी मुशालाई नै दिनु। बल्ल मुसाले कुरा बुझेछ, मुसाको छोरी मुसाले नै बिहे गर्ने हो।
त्यस्तै नेपाली कांग्रेसका शेरबहादुर पनि मुसा बनेर सरकार ढाल्न कहिले कस्काे त् कहिले कस्काेमा पुगी नै रहेका छन तर मुसा फर्के जस्तो गरेर फर्किनु परेको छ। सबैले मेरो केहि चल्दैन भनेर फ़र्काउछन। तर पनि दुलो खन्न भने छोडेका छैनन । मुसाले गर्न सक्ने केहि पनि होइन बिगार मात्र गर्ने हो, बन्न लागेको घरको जग भत्काउने मात्र हो ।
नेपाली कांग्रेसले १५ बर्ष सरकार चलायो केहि गर्न सकेन। शेर बहादुर आफै ३ चोटी प्रधानमन्त्रि भए तर कुनै एउटा गतिलो काम गरेनन बरु भएका उद्योग बन्द गराएर युवा जति बिदेसिन बाध्य पारे। कमिसन र भस्टचारमा देशलाई डुबाए। ओलीले त् कमसेकम बिकासको बहस चलाएका छन्।
ओलीले फास्ट ट्रयाक इन्डियालाई दिन बाट रोकिदिए। फास्ट ट्रयाक इन्डियालाई दिन नपाएर शेर बहादुर लाइ कत्ति रिस उठेको होला ? कल्पना गर्न धेरै गारो छ, ५० साठी करोड कमिसन डुब्नु भनेको सानो चोट होइन। त्यसैले रिस फेर्न जसरी पनि ओलीलाइ ढाल्नु छ। यदि इन्डियालाई फास्ट ट्रयाक बनाउन दिएको भए एउटा बाइक, कार , बस , र ट्रक एकचोटी हिड्दा हामीले धेरै नै महँगो सडक सुल्क तिर्नु पर्थ्यो ।
तर कमिसन खोरहरुलाई देश र जनतालाई ठगेर भए पनि करोडपति बन्नुछ। नत्र कुनै पारिबारिक सम्पति नभएका, कुनै आम्दानीका श्रोत नभएका मद्ध्यम बर्गीय देउवा कसरी बुडानिलकण्ठमा दश पन्द्र रोपनी जग्गामा घर बनाएर बस्न सक्ने हैसियतका भए ? २०४७ साल सम्म चप्पल पड्काएर हिड्ने नेपाली कांग्रेसका यस्ता थुप्रै नेता काठमान्डौमा आलिसान महल बनाएर खानदानी नेता भएका छन्। अरु पार्टीमा पनि यस्ता थुप्रै नेताहरु छन् यो हामीले देखे सुनेकै कुरा हो। यस्तै गरि आर्थिक र राजनीतिक फाइदा लिन नेपाली राजनीतिक पार्टीहरु जानी जानी संकर्मन काल बडाउछ्न किनकि स्थिर सरखार हुदा भस्टचार गरे । राजनीतिक पार्टी र नेताहरुलाई जति संकमण काल लम्बियो त्यति नै बिभिन्न खाले भूमिका बढ्छ र फाइदा हुन्छ ।
धेरै नेपाली नेताहरु मुषा बनेर भारत छिर्छन र बिरालो बनेर फर्किन्छन अनि बाघको भूमिकामा देखा पर्छन। यो नै राजनीतिक गतिरोधको प्रमुख कारण हो। राजनीतिक गतिरोध नेपालको संक्रमण काल जन्मनुको एकमात्र कारण हो, संक्रमण आउनुको अरु कुनै कारण छैन ।
धेरै नेपाली नेताहरु मुषा बनेर भारत छिर्छन र बिरालो बनेर फर्किन्छन अनि बाघको भूमिकामा देखा पर्छन। यो नै राजनीतिक गतिरोधको प्रमुख कारण हो। राजनीतिक गतिरोध नेपालको संक्रमण काल जन्मनुको एकमात्र कारण हो, संक्रमण आउनुको अरु कुनै कारण छैन ।
नेपाली राजनीतिक पार्टीका यस्तै क्रियाकलापले गर्दा आगामी चुनाबमा जनमतको परिणाम धेरै नै फरक आउने निस्चित छ। यहि डरले केहि राजनीतिक पार्टी चुनाब चाहदैन। अहिलेको आवश्यकता नया सरकार होइन संबिधानको कार्यान्वयन हो। मुलुकमा संकमणकाल अन्त गरि स्थाइत्व र बिकासका लागि प्रान्तीय, स्थानीय र संसद्को गरि ३ वटा निर्बाचन गर्नु पर्ने छ। १ बर्ष भित्र सबै चुनाब सम्पन्न हुन् सक्छ। त्यसैले अहिले होइन त्यति बेला चुनाब जित अनि सरकारमा जाओ अहिले किन हतार ?
रसिया, भारत र चीनमा एउटा सरकारले कमसेकम १० बर्ष चलाउछ र त देस बिकास हुन्छ। हामि भने १० महिना पनि राम्ररी चल्लं दिदैनौ। सरकार बन्न पाको हुन्न लडाउने खेल सुरु हुन्छ। यत्रो सानो देशमा १३५ वोटा जति राजनीतिक पार्टी छन्। आखिर किन खुल्छन च्याउ उम्रे सरी राजनीतिक पार्टी ? बेंक मर्ज भएजस्तो नेपालका राजनीतिक पार्टी मर्ज हुन् जरुरी छ। निर्बाचन आयोगलाई चुनाब चिन्न मिलाउन पनि धौ धौ पर्छ। त्यशैले निर्बाचन आयोगले मर्ज हुने पोलिसी ल्याअाेस। हामीलाई सय वटा मुसा भन्दा एऊटै बाग भए पुग्छ।
देशको ढुकुटी सिद्याउने मुसा रुपी मानबहरु हाम्रो समाजमा धेरै छन्। देसको ढुकुटी यसरी नै सकिन्छ तर गतिलो काम हुन् पाउदैन। देस बिकास गर्ने हो भने भस्टचार मुक्त समाज चाहिन्छ। त्यसको लागि मुसा रुपी मानवलाई कडा भन्दा कडा सजाय दिनै पर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...