-->
ओली सरकारको अप्रिय निर्णय – यस्तो अपराधीलाई पो दिएका रहेछन् राष्ट्रपतिले माफी !

असार २० | न कुनै पर्व हो, न उत्सव। अर्घाखाँची कारागारमा रहेका रुद्रप्रसाद पराजुलीलाई भने दशैँ नै आए बराबर भयो। सामान्यतया दशैँ, गणतन्त्र दिवस आदिमा मात्र राष्ट्रपतिले कैदीहरुको बाँकी सजाय माफ गरेको समाचार आउँथ्यो। असार २० गते चाहिँ यत्तिकै माफी बकस भयो।
को रैछ त माफी पाउने भाग्यमानी भनेर खोज्दै हिँड्दा त र्घाखाँची सदरमुकाम सन्धिखर्कमा चार वर्षअघि एक व्यापारीलाई गोली हानी हत्या गर्न खोजेको भन्दै ज्यान मुद्दामा दोषी ठहर भएका एक अपराधी पो रहेछन्।
हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष कैद फैसला भएकोमा आधा सजाय मात्र भुक्तान गर्दै किन माफी गर्न हतार भयो भन्ने चाहिँ बुझिनसक्नुको कुरो भयो। किन माफी दिन आवश्यक भयो भन्ने बारे न केपी ओलीको सरकारले बोलेको छ, न राष्ट्रपति कार्यालयले नै।
प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुसार माफी भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।
संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले माफी दिन पाउँछिन्। राष्ट्रपतिको सबै काम मन्त्रिपरिषद्को सिफारिशमा हुन्छ।
को हुन् त पराजुली?
२०६९ फागुनमा सन्धिखर्कमा सुनचाँदी व्यवसायी संघका सचिवसमेत रहेका व्यापारी ताराबहादुर सुनारमाथि सन्धिखर्क गोरुसिंगे सडक अन्तर्गत नरपानीको जंगलमा गोली प्रहार गर्ने घटनाको मुख्य योजनाकारका रुपमा अदालतले सजाय तोकेका व्यक्ति हुन् उनी।
हरीले घटना भएको दुई घण्टाभित्र कपिलवस्तु तिलौराकोट वर्मेली टोलका २५ वर्षीय सागर भन्ने राजु आचार्य र सँगै गएका अर्घाखाँची पोखराथोकका २४ वर्षीय विमल भन्ने लक्ष्मण सुनारलाई पक्राउ गर्न सफल भएको थियो। राजु र लक्ष्मणले रुद्रले पेस्तोल दिएको र तारामाथि आक्रमण गर्न लगाएको प्रहरीको बयानमा बताएका थिए।
रुद्रसँगै पक्राउ परेका दुई जना यतिखेर जेलमै छन् भने नेताहरुको नेक्सस प्रयोग गरी योजनाकार राष्ट्रपतिबाट माफी पाउन सफल भए। फोटो साभार : अर्घाखाँची डट कम


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.