अरब सागरको प्रभावले जनजीवन अस्तव्यस्त, भोलिसम्म पानी पर्ने (फोटोफिचर)काठमाडौं – झरीका कारण काठमाडौँका सडकहरु हिलाम्ये भएका छन् । बिहानैदेखि परेको झरीले काठमाडौँ प्रभावित भएको छ । काठमाडौँ मात्रै नभएर देशभर ठूलो झरी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवा, सिमरा, डडेल्धुरा, धनगढी र ओखलढुंगामा काठमाडौँभन्दा पनि भारी वर्षा भएको छ । प्रायः पश्चिमी क्षेत्रमा पानी धेरै पर्नुको कारण अरब सागरको प्रभाव रहेको मौसमविद् सुवास रिमाल बताउँछन् ।
‘भोलिसम्म यस्तै वर्षा हुनेछ । तर काठमाडौँमा भने पर्सीबाट पानी पर्न कमी आउनेछ । यद्यपी साँझतिर हल्का वर्षा भने मनसून जारी रहुन्जेल भइ नै रहनेछ ।’– रातोपाटीसँगको कुराकानीमा रिमालले भनेका छन् ।
पछिल्ला दुई तीन दिनदेखी पूर्वी क्षेत्रको तुलनामा पश्चिममा ठूलो वर्षा हुदैँ आएको छ । पश्चिममा अझै केही समय भारी वर्षा भइ नै रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानूमान महाशाखाको अनुमान छ । पानी परेसँगै गर्मी भने कम भएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...