-->
नेपाली तारा भएपछि....... त्यो घटना सन्तोष लामा, गायक

कहिलेकाहीा साना कुराले पनि जीवनमा नसोचेको मोड ल्याइदिने रहेछ । मेरो जीवनमा पनि त्यस्तै भयो । त्यतिवेला म भोकल सिक्दै थिएा । भारतमा इन्डियन आइडलको अत्यन्त धेरै चर्चा थियो । त्यही समय नेपालमा पनि नेपाली तारा सुरु हुने भयो । म भोकल सिकिरहेको ठाउामा अरू साथीभाइले मलाई नेपाली ताराको पहिलो शृंखलामा भाग लिन उक्साए । उनीहरू तेरो स्वर त खतरा छ यार भन्थे । मैले पनि हो कि भन्ने सोचो । खतरै छु नि भन्ने सोचेर मैले नेपाली ताराको पहिलो भागमा आवेदन दिए ।
हजारौाले पहिलो भागमा पनि प्रतिस्पर्धा गरेका थिए । मलाई आफू राम्रोमा हुनेमा विश्वास थियो । तर, मेरो विश्वास टुट्यो । टप २० मा पुगेपछि म बाहिरिए । बाहिरिएपछि मलाई अत्यन्त नरमाइलो फिल भयो । एक किसिमले आत्मबल पनि कमजोर भयो । अब कहिल्यै प्रतिस्पर्धामा भाग लिन्ना भन्ने भयो । सीधै एल्बम निकालेर गायनमा आफ्नो उपस्थिति देखाउन चाहन्नथो ।
यतिकै दुई वर्ष बिते । मैले एल्बम निकाल्न सकेको थिइना, दोस्रो नेपाल तारा हुने कुरा आयो । दोस्रो सिजनमा त कुनै पनि हालतमा भाग लिन्ना भन्ने थियो । तर, आफूले सोचेकोजस्तो नहुादो रहेछ । पहिलो सिजनका उपविजेता धर्मेन्द्र सेवन मात्र होइन, अरू साथीहरूले पनि फेरि मलाई प्रतिस्पर्धामा भाग लिन प्रोत्साहित गरे । कतिसम्म भने धर्मेन्द्रले भने– यो टाइटल नै तिम्रै लागि हो । म फेरि उत्साहित भएा । अनि प्रतियोगितामा भाग लिने भएा । यसपटकचाहिा मैले उपाधि आफ्नै पोल्टोमा पारो ।
तर, त्यसपछि पनि लामो समय मैले प्राविधिक कारणले रेकर्डिङ गर्न पाइना । दुई वर्षपछि रेकर्डिङ भयो । त्यसबीचमा मलाई समय–समयमा किन नेपाली तारा भएा होला भन्ने लाग्यो । नेपाली तारा भएपछि मेरो अनुहारलाई चिन्नेहरू बढेका थिए । त्यसैले पनि मैले एउटा स्टान्डर्ड मेन्टेन गर्नुपर्ने भयो । तर, आफ्नो भरपर्दो इनकम थिएन । आम्दानी नभएकाले नर्मल ठाउमा बस्दा पनि समस्या भयो ।
त्यो तीन वर्षमा मैले आफूलाई नेपाली तारा भएकोमा झन् धेरै धिक्कारो । केहीपछि बटुवा गीत चर्चित भएपछि भने मेरो जीवनमा परिवर्तन आयो । अहिले पनि मलाई मान्छेहरू नेपाली तारा भनेर नै चिन्छन् । त्यसैले पनि यो उपाधि मेरो जीवनका लागि सधै महत्त्वपूर्ण भइरहनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.